Sunday 15 September 2013

धक फुकाएर रुनुका फाइदै फाइदा

धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । रुनुको लाभ केवल रुने मान्छेले मात्र अनुभुत गर्न सक्ने भएपनि सामान्य बुझाइमा रुनुलाई सामाजिक, शारीरिक तथा मानसिक रुपमा राम्रो मानिँदैन । तर मनोवैज्ञानिकहरुले भने धक फुकाएर रुनुका विभिन्न खाले फाइदा हुने बताएका छन् । रुनुका फाइदा यस्ता छन् :
रुँदाखेरि बग्ने आँशुले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछ । कहिलेकाहीँ आँखामा डिहाइड्रेसन हुँदा दृष्टि धमिलो हुन्छ । त्यस्तो बेलामा आँशुले आँखाको झिल्लीमा पानीको पर्याप्तता सिर्जना गर्छ र हामीले प्रष्ट देख्न सक्छौँ ।
?
आँशुले आँखालाई सफा गर्न समेत मद्दत गर्छ । आँखामा विभिन्न खाले जिवाणु रहेका हुन सक्छन् । आँशुमा हुने जिवाणु प्रतिरोधी तत्वले जिवाणु नष्ट गरिदिन्छ । आँशुमा जिवाणु नाशक लाइसोजोम नामक तत्व हुन्छ ।
रुनाले तनावबाट धेरै हदसम्म मुक्ति मिल्छ, चाहे त्यो क्षणिक नै किन नहोस् । मानिसको भावनात्मक आँशुले सरीरमा तनाव सिर्जना गर्ने हर्मोनको उत्सर्जन कम गर्छ ।
सामान्य आँशुमा ९८ प्रतिशत पानी हुन्छ । तर भावनात्मक आँशुमा तनावको हर्मोन समेत मिसिएको हुन्छ । आँशुमा केही विषाक्त पदार्थ पनि हुन्छन् । त्यसैले आँखाबाट आँशु निस्कँदा सरीरभित्र रहेका त्यस्ता विषाक्त पदार्थ समेत निष्कासन गर्न सहयोग पुग्छ ।
आँखामा जलन भएको बेला आँशु बग्यो भने जलन कम हुन्छ ।
नियमित रुपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता बढ्ने विज्ञहरु बताउँछन् ।
निकै तनाव तथा दुखपूर्ण अवस्थाबाट गुजि्ररहेको अवस्थामा धक फुकाएर रुनाले शान्ति मिल्छ र पीडामा मलहम लागेको महसुस हुन्छ ।
त्यसैले अब लुकेर होइन मज्जाले देखाएरै रुनुहोस् । रुनु कमजोरीको प्रतिक होइन स्वास्थ्य लाभ गर्ने तरिका पनि हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID