Thursday 12 September 2013

यौन तिर्खा मेटीदिन्छ रोबोटले…….

 यौनसुखको कामना गर्ने मानिसहरुका लागि एउटा चामत्कारिक अवसर हात लाग्ने भएको छ । अब यौनप्यास मेट्न चाहनेहरुले रेड लाइट एरिया धाउनुपर्ने छैन । सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्न पाइनेछ । यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता पनि अब पर्नेछैन । किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ ।
195 न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यो प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पूराइदिनेछ ।

सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ ।

भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।

शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।

शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।

उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।

शोधकर्ताको यो कल्पना तथा अनुमान पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID