Tuesday 10 September 2013

शरीरका कुन-कुन अंग संवेदनामा अगाडि ?

मान्छेको सरीरको त्यस्तो कुन भाग होला जहाँ स्पर्श गर्दा सबैभन्दा कम उत्तेजनाको अनुभुति हुन्छ? अर्थात् सरीरको कुन भाग सबैभन्दा कम उत्तेजक हुन्छ होला? अर्थात् त्यो अंग हेरेर सबैभन्दा कम संवेदना आउँछ ?

यो प्रश्नको उत्तर ठ्याक्कै यहीँ हो भनेर दिन गाह्रो पर्ला किनकि यौन अनुभुति भन्ने कुरा मान्छेको मनोविज्ञान तथा सरीरका अंगलाई हेर्ने दृष्टिकोणमा भर पर्छ । तर बेलायतमा गरिएको पछिल्लो अध्ययनले महिलाको शरीरमा खुट्टा सबैभन्दा कम उत्तेजक अंगको रुपमा रहेको र खुट्टाको दर्शनले पुरुषमा निकै कम मात्र यौन अनुभुति पैदा गर्ने तथ्य पत्ता लगाएको छ । जबकि महिलामा यौन उत्तेजना पैदा गराउन असफल हुने पुरुषको अंग पाखुरा हो ।

बेलायतका दुइ विश्वविद्यालयले संयुक्त रुपमा गरेको अनुसन्धान अनुसार खुट्टाका पाइताला सबैभन्दा कम यौनोत्तेजक अंग हो । यौनिक संवेदनाको दृष्टिले  दोश्रो स्थानमा रहेको भाग हो, घुँडा ।

सरीरका विभिन्न ४१ वटा अंगमा गरिएको अध्ययनले खुट्टामा यौनउत्तेजना पैदा गर्ने स्नायु हुने र त्यसको सिधा सम्बन्ध मस्तिष्क सँग हुने भएकाले खुट्टाको स्पर्शले यौन उत्तेजना पैदा गर्ने यसअघिका कथनहरुलाई गलत सावित गरिदिएको छ । त्यस्तै पुरुषका पिँडौलाले पनि महिलामा यौन अनुभुति पैदा गराउन सक्षम हुने अध्ययनले देखाएको छ ।

अध्ययनले पुरुषको शरीरमा पनि महिलाको जत्तिकै उत्तेजना पैदा गर्ने विभिन्न स्थान हुने तथ्य पत्ता लगाएको छ । यसअघि पुरुषमा बाहिरी अंगले उत्तेजना पैदा नगर्ने विश्वास गरिँदै आएकोमा त्यस्तो नभै पुरुषका शरीरमा विभिन्न स्थान तथा अंग हुने र त्यस्ता अंगको स्पर्शले पुरुषमा उत्तेजना पैदा गर्ने पछिल्लो अध्ययनले देखाएको छ ।

पुरुषमा यौन अनुभुति पैदा गर्ने महिलाको सबैभन्दा शक्तिशाली अंग ओँठ हो । दोश्रो स्थानमा घाँटी, तेश्रो स्थानमा वक्षस्थल, चौथो स्थानमा नितम्ब तथा पाँचौ स्थानमा हिप रहेको छ ।

महिलामा यौन अनुभुति पैदा गराउने पुरुषका अंगहरु मध्ये मुख तथा ओँठ नै पहिलो स्थानमा छ । दोश्रो स्थानमा भित्री पिँडौला, तेश्रोमा गर्धन, चौथोमा छाति र स्तन, पाँचौमा ढाडको तल्लो स्थान रहेका छन् । महिलामा यौन अनुभुति गराउनै नसक्ने पुरुषको अंग पाखुरा हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID