Friday 20 September 2013

सेक्सी दीपिकाको ईन्टरनेटमा सर्वाधिक खोजी

नायिका दीपिका पादुकोणले बलिउडका सबै नायिकालाई पछि पार्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकी छिन् । यो बर्ष मात्र प्रदर्शनमा आएका तिन चलचित्रले दीपिकालाई बलिउडको नम्बर १ स्थानमा पुर्‍याएको छ । अन्य चर्चित नायिकाहरुको तुलानामा दीपिका महंगी र खोजी गरिएकी नायिकाको सूचिमा पर्न थालेकी छिन् ।हालै मात्र गरिएको एक सर्बेका अनुसार दीपिकाले अन्य नायिकाहरुलाई उछिन्दै इन्टरनेटमा सबैभन्दा ज्यादा खोजिएकी नायिकाको सूचिमा आफूलाई पहिलो स्थानमा उभ्याएकी छिन् । यसअघि नायिका कटि्रना कैफ यो भिडको नम्बर १ मा थिइन् ।
तर एक पछि अर्को हिट सिनेमा दिएपछि दीपिकालाई विश्वले खोजिरहेको छ । उनका अझै दुई चलचित्र ‘रामलीला’ र ‘कोचाडाइयान’ प्रदर्शनको तयारीमा छन् । यो बर्ष मात्र दीपिकाले अभिनय गरेका ३ चलचित्रले बक्स अफिसमा ५ सय करोडको रेकर्ड बनाइसकेका छन् । यसैले पनि उनको भाउ दिनानुदिन बढिरहेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID