Thursday 8 August 2013

शुक्र ग्रहसँग नजिक हुँदै चन्द्रमा

रेम र सुन्दरताको प्रतीक मानिने शुक्र ग्रह र चन्द्रमा आज राति नजिक आउँदैछन्। चन्द्रमाको नजिक पुगेको शुक्र हेर्नलाई नेपाल तथा दक्षिण एशियाबासीले मध्यरातसम्म कुर्नु पर्नेछ। नेपाली समयअनुसार राति ११ बजेर ३३ मिनेट जाँदा चन्द्रमा र शुक्र सबैभन्दा निकट आइपुग्नेछन्। पृथ्वीको परिक्रमा गर्ने क्रममा चन्द्रमा शुक्रको नजिक पुग्दा खगोलिय महत्वको यो अवसर सिर्जना भएको हो।
अर्धचन्द्रमाको हँसिया जस्तो भागको दायाँपट्टि शुक्रलाई खाली आँखाले हेर्न सकिनेछ। अन्य ग्रहहरुसँग नजिक हुनु चन्द्रमाका लागि सामान्य मानिए पनि शुक्र नजिकिनुलाई भने खगोल विज्ञानमा विशेष रुपमा लिइन्छ। ‘घटना विशेष हो किनभने पृथ्वीबाट हेर्दा चन्द्रमा र शुक्र एक अर्कामा असाध्यै नजिक देखिँदैछन्’, प्लनेटोरी सोसाइटी अफ इन्डियाका संस्थापक सचिव रघुनन्दन कुमारले भने।
शुक्र ग्रहदेखि चन्द्रमा र पृथ्वीसम्मको दूरी बराबरी छ। आज सूर्य अस्तपछि खगोल अध्ययेताले टेलिस्कोपको माध्यमद्वारा पश्चिमा दिशातिर शुक्र र चन्द्रमा नजिकिँदै गएको स्पष्ट देख्न सक्नेछन्। झण्डै मध्यरात हुँदासम्म यिनीहरु सबैभन्दा नजिक पुग्नेछन्। आज राति चन्द्रमाको नजिक आइपुगेको शुक्रलाई हेर्न छुटाउनेहरुले भोलि बिहीबार दिउँसो पनि खुला आकास भएमा चन्द्रमा र शुक्रलाई देख्न सकिनेछ।स्रोत:नागरिक

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID