Friday 2 August 2013

१४ स्वास्नीबाट २२ बच्चा पाउने पुरुषको तालुमा आलु फल्ला ?


१४ वटी श्रीमतीबाट जम्माजम्मी गरेर २२ वटा बच्चाका बाउ बनेका व्यक्तिले केवल बिहे र बच्चामा मात्र छलाङ मारेनन् उनी अब टेलिभिजनमा समेत छलाङ मार्दैछन् ।अमेरिकाको टेनिसीस्थित नासभिल्लेका बासिन्दा ओर्लान्डो श अब टेलिभिजन रियालिटी शो मा प्रवेश गर्ने भएका छन् । स्थानीय एक न्युज च्यानलले अब उनको जिवनमा आधारित भएर एक विशेष कार्यक्रम तयार पार्दैछ र उक्त कार्यक्रम उत्पादनका लागि उनीसँग सम्झौता समेत भैसकेको छ ।

आशा छ उनले टेलिभिजन कार्यक्रमबाट कमाएको पैसा आफुले पाएका बग्रेल्ती बच्चाको सहयोगमा खर्च गर्न सक्नेछन् । यी तुजुकदार पुरुषको फुर्ति पनि कम छैन । आफुलाई विभिन्न हलिउड फिल्ममा अभिनय गर्न अफर पनि आएको उनको दाबी छ ।स्मरण रहोस् यी ३३ वर्षे पुरुष अब छिटै हजुरबा बन्ने तयारीमा पनि छन् । उनले महिलाहरुसँग बिहे गर्दै, गर्भिणी बनाउँदै छाड्दै गर्छन् । यस अर्थमा उनी अधर्मी तथा पापी बाउ हुन् । तर उनी भने आफुलाई पापी भनेको सुन्न रुचाउन्नन् । आफु निकै दयालु बाउ भएको दाबी गर्दै उनले आफुसँग पैसा नभएर मात्र आफुले आफ्ना बच्चाहरुलाई सहयोग गर्न नसकेको बताए । तर आफु आफ्ना १४ वटै श्रीमतीसँग नियमित सम्पर्कमा रहेको दाबी उनको छ ।

तर केही समयअघि उनका श्रीमतीहरुले उनीमाथि बच्चा हुर्काउन कुनै सहयोग नगरेको आरोपमा मुद्दा दायर गरेका थिए । जे होस् परिवन्दमै परेर यस्तो भएका भएपनि अब यी उर्बर बाबुलाई टेलिभिजनको पैसाले तालुमा आलु फलाउने भन्ने आशा गरौँ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID