Friday 2 August 2013

बुख्याँचाहरुको पर्व (फोटो फिचरसहित)



खेतबारीमा चराचुरुंगी तथा जनावरबाट बालीनाली जोगाउनका लागि बनाइने बुख्याँचाको पनि मेलापर्व हुन्छ भन्ने सुन्दा अचम्म लाग्नसक्छ । हामीकहाँ तहोइन तर बेलायतमा भने बुख्याँचाको पर्व नै मनाउने गरिन्छ ।बेलायतको नर्थ ह्याम्पसायर स्थित मस्टन गाउँमा वर्षेनी बुख्याँचा पर्व आयोजना गरिन्छ ।
यो पाला पनि नवाषिर्क बुख्याँचा पर्व सुरु भएको छ र यस अवसरमा दर्जनौँ रंगीचंगी बुख्याँचा सजाइएका छन् । बुख्याँचा पर्वको मनोरञ्जन लिन त्यहाँ हजारौँ पर्यटक आउने गर्छन् ।अघिल्लो वर्षको पर्व खराब मौसमका कारण रद्द भएकाले यो वर्षको बुख्याँचा पर्व विशेष महत्वको भएको आयोजकको दाबी छ ।यो बुख्याँचा पर्व अगष्ट ४ सम्म जारी रहनेछ । यो बीचमा स्थानीय बासिन्दाले थरी थरीका बुख्याँचा बनाएर घरको छत, आँगन, बगैँचा तथा अन्य खुला ठाउँमा सजाउने गर्छन् ।
गाउँलेहरुले कलात्मक ढंगले विभिन्न खाले बुख्याँचा बनाएका हुन्छन् । ती मध्ये कतिपय गाउँका गन्यमान्य तथा देशकै ठूला नेताको व्यंग स्वरुप समेत बनाइएका हुन्छन् । तर कस्तो बुख्याँचा बनाएर देखाइँदैछ भन्ने कुरा भने अन्तिम समयसम्म गोप्य राखिएको हुन्छ ।





No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID