Friday 2 August 2013

अमिताभ बच्चनले फैलाए बुद्ध नेपालमा जन्मिएको सन्देश



१९ साउन, काठमाण्डौं । केही समयअघि भारतीय च्यानल सोनीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा कार्यक्रम सञ्चालक एवं बलिउडका महानायक अमिताभ बच्चन र एक पुरुष प्रतियोगिबीचको प्रश्नोत्तरले नेपाली दर्शकको पनि ध्यान तान्यो ।

अमिताभ बच्चन: अब ६ लाख ४० हजार रुपैयाँ (भारु) का लागि प्रश्न छ, गौतम बुद्धसँग जोडिएका यी मध्ये कुनचाँही घटना नेपालमा भयो ।

तपाईका लागि अप्सन छन्ः-

एः जन्म

बीः ज्ञान प्राप्ति

सीः पहिलो उपदेश

डीः महापरिनिर्वाण ।

प्रतियोगीः ज्ञान प्राप्ति बोधगयामा भएको थियो । उनले पहिलो उपदेश सारनाथमा दिएका थिए । महापरिनिर्वाणचाँही मेरै जिल्ला अर्थात कुशीनगरमा प्राप्त गरे । निश्चय नै बुद्धको जन्म नेपालमा भएको हो । त्यसैले मेरो उत्तर हुनेछ, ‘एः जन्म ।’

अमिताभः के यो फाइनल उत्तर हो ?

प्रतियोगीः बिलकुल ।

अमिताभः एः जन्म यानि बर्थ मा ताला लगाउँदा हुन्छ ?

प्रतियोगीः बिलकुल ताला लगाए हुन्छ ।

अमिताभः कम्प्युटरजी, ए-जन्म यानि बर्थ मा ताला लगाउनुस र बताउनुस यो जवाफ सही हो कि हैन ? (कम्प्युटरले ए अप्सनमै हरियो संकेत गरेपछि) तपाई बिलकुल सही हुनुहुन्छ । एः जन्म नै सही उत्तर हो । तपाईले ६ लाख ४० हजार रुपैयाँ -भारु) जित्नुभयो । बधाई छ ।

धन्यवाद छ, अमिताभलाई पनि । भारतै कतिपय मिडिया र मिसिनरीले ‘भगवान गौतम बुद्धको ज्न्म भारतमा भएको’ गलत प्रचार गरिरहेका बेला ‘बिग बी’ ले आफूलाई सत्यको पक्षमा उभ्याएका छन् । आखिर सही जवाफ यही हो, बुद्धको जन्म नेपालमा भएको हो । यो सही जवाफ जव भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मार्फत विश्वभर फैलियो, नेपालीमाझ खुसी सञ्चार भयो । सामाजिक सञ्जालहरुमा अमिताभको व्यापक प्रसंसा भयो, भइरहेको शनिबार प्रकाशित अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID