Saturday 6 July 2013

अंग्रेजी स्टाइलमा हनिमुन (भिडियो)


यतिबेला नेपालमा भोजपुरी चलचित्रलाई नेपाली भाषामा डबिङ गर्ने प्रचलन बढ्दै गएको छ । अर्कोतिर भोजपुरी र नेपाली भाषामा एकैसाथ चलचित्र निर्माण गर्ने चलन पनि ह्वात्तै बढेको छ । यसैक्रममा भोजपुरी र नेपाली भाषामा तयार भएको चलचित्र ‘बबाल’ प्रदर्शनका लागि तयार भएको छ । नेपालमा ‘बबाल’ नामले प्रदर्शनमा आउने यो चलचित्र भोजपुरीमा भने ‘कमरिया करे लपालप’ नामले प्रदर्शनमा आउनेछ । आनबी फिल्मस् इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । श्रृजना श्रेष्ठ र गीता क्षेत्रीको निर्माणमा तयार भएको चलचित्रमा निरजराज पौडेल, आशा भुषाल, भरत क्षेत्री, राजन अधिकारी, राजेश ड्राइभर, राज पि्रन्स लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई भोजपुरी र नेपाली दुबै भाषामा हेर्न सकिनेछ । चलचित्र ‘बबाल’ तिजमा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ ।

चलचित्रको छायांकन दुबै भाषामा गरिएको जानकारी प्राप्त भएको छ । भोजपुरीमा दाम र नेपालीमा नामका लागि यस्ता सिनेमाहरु निर्माण हुने गरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘लेखी सकेको छु’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID