Saturday 6 July 2013

साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्तकम्तिमा २ जनाको मृत्यु

 भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्त भएको छ।
२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् ।दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको देखाइएको छ ।
विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID