Monday 29 July 2013

महिलाको संबेदन शिल अंग छोएकै कारण मृत्यु

महिलाका. संबेदन शिल अंगमा छोएको भन्दै निउमा कुटपीट हुदा कैलालीमा एक युवकको ज्यान गएको छ ।
कैलाली जिल्लामा घरमा सुतेकी विवाहित महिलाको सम्बेदनशील अंग छोएको बहानामा कुटपिट हुँदा रतनपुर–५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
श्यामनाथले बिहान करीब छ बजे धनगढी नगरपालिका ८, धनगढीगाउँकी ३० वर्षीया महिला बिल्ली रानाको संवेदनशील अंगमा समाएको आरोप लागेको छ । आफ्ना सम्बेदनशील अंग श्यामनाथले समाए लगत्तै बिल्ली कराएकी थिईन् ।
त्यस लगत्तै श्यामनाथलाई घरका मान्छेले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर श्यामनाथको उपचारका क्रममा मृत्यू भएको हो ।
कुटपिटमा संलग्न बिल्ली राना उनका पति ३५ वर्षीय श्याम राना, छोरा बीरबल राना, देबर बिलासी राना र छिमेकी कषन रानालाई प्रहरीले प्रक्राउ गरेको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID