Tuesday 4 June 2013

सगरमाथाबाट चराझैँ उडेर विश्वकिर्तिमान (भिडियो सहित)

सगरमाथाबाट हाम फालेर रुसका एक आरोहीले विश्व किर्तिमान बनाए । ४८ वर्षका भ्यालेरी रोजोभले सगरमाथाको ७ हजार २ सय २० मिटरको उचाइबाट हाम फालेर गएको मे ५ मा बनाएको किर्तिमानको भिडियो सार्वजनिक भएको छ । यो सँगै उनले सबैभन्दा अग्लो भुभागबाट बेस जम्प गर्ने किर्तिमान बनाए ।

उनले यस्तो साहसिक कामका लागि झण्डै २ वर्षको कडा तयारी गरेका थिए र त्यसका लागि विशेष प्रकारको पखेटायुक्त कपडा समेत लगाएका थिए । १२० किलोमिटर प्रतिघण्टाको बेगमा उडेर तल खसेका उनी एक मिनेट भन्दा बढि समय आकाशमै रहे र ५ हजार ९ सय ५० मिटर उचाइमा अवतरण गरे ।

बेसक्याम्पबाट चार दिनको हाइकिङ गरी उनी र उनको टोली फाल हाल्ने ठाउँसम्म पुगेको थियो ।

यद्यपि गिनिज बुकमा भने उनको नाम अझै लेखिसकिएको छैन । गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनको यो कार्यको आधिकारिकता पुष्टि भएपछि नाम दर्ज गर्नेछ । स्मरण रहोस् अहिलेसम्म ६ हजार ६ सय ५ मिटरको उचाइबाट गरिएको बेस जम्प सबैभन्दा अग्लो ठाउँबाट गरिएको बेस जम्पको रुपमा गिनिज बुकमा रहेको छ

हेर्नुस् भिडियो

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID