Tuesday 4 June 2013

हग्ने कुखुरालाई कट्टु

घरमा पालेको कुखुराले जहाँपायो त्यहीँ दिसा गरेर कुखुरा पाल्नेहरु हैरान हुनुभएकै छ होला । के गर्नु, पैसा कमाउने भाँडो भएपछि अलिकित दुख त सहनै पर्यो । कुखुराले आची गरेर हैरान भएरै होला अमेरिकाको लस एन्जल्सस्थित क्लारेमन्टका एक किसानले कुखुरालाई कट्टु लगाइदिएकी छिन् ।

पोल्ट्री व्यवसाय गरेकी किसान जुली बेकरले कुखुराको लागि कट्टु (डाइपर) को आविष्कार गरेकी हुन् । पोल्ट्री प्रदर्शन समुदायकी सदस्य रहेकी जुलीले कुखुराको प्रदर्शनीका लागि निकै उपयोगी हुने कट्टु तयार पारेकी छिन् । यो कट्टु कुखुराको पुच्छरको प्वाँखमा बाँधिनेछ त्यसपछि कुखुराको आची जहाँपायो त्यहीँ खस्न पाउनेछैन । अझ त्यो कट्टु मेसिनले धुन पनि सकिनेछ ।

उनले तयार पारेको कुखुराको कट्टुको उपभोक्ताबाट अर्डर आइसकेको भन्दै त्यो कट्टु धेरैले मन पराउने दाबी समेत गरेकी छिन् । यो कुखुरे कट्टुलाई अनलाइन मार्फत विक्रिमा राखिएको र यसको मूल्य प्रतिगोटा साढे १२ डलर रहेको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID