Sunday 2 June 2013

नक्कली जीवनसाथी : जीवनमा सेक्स कति अनिवार्य

जीवनमा सेक्स कति अनिवार्य छ भन्ने कुरामा शारदा क्षेत्रीको आफ्नै दृष्टिकोण छ। उनी भन्दै थिइन्- 'सेक्सलाई सामान्य रूपमै लिनुपर्छ, तर आममानिसझैं मेरा लागि पनि
आधारभूत आवश्यकता हो सेक्स। सेक्सुअल रिलेसन मर्यादित हुनुपर्छ, यो अनावश्यक चासोको विषय होइन्।' सुरक्षाकर्मीकी अर्धाङ्गनि शारदाले जीवनमा आधारभूतझैं मानिएको सेक्सुअल चाहना पूरा गर्न नक्कली जीवनसाथीको जोहो पनि गरेकी छिन्। न्युरोडस्थित नाइस एन्ड नट्टी सेक्स टोयज सपबाट विस्तरामै टाँसेर अड्याउन मिल्ने सेक्स टोय किन्दा ती ३७ वर्षियाको मुहारमा असहज भाव देखिँदैनथ्यो। यसमा लजाउनुपर्ने कुनै कुरा छैन्, उनले भनिन्- बुझ्नेहरूले सेक्स टोयको महत्व थाहा पाइसकेका छन्।

लामो समय विदेश बसेका एक श्रीमान्ले नेपालमा बस्ने श्रीमतीका लागि अनलाइन सपिङ मार्फत विदेशीभूमिबाटै सेक्स टोय खरिद गर्ने निर्णय लिए। वेबसाइटमा राखिएका सेक्स टोयजहरूका बारेमा बुझेका उनले विक्रेतासँग कुराकानी गरेपछि श्रीमतीलाई सेक्स टोयज सप पुर्‍याएर परामर्शमै भाइब्रेसन भएको कृत्रिम लिंग खरिद गरिदिए। श्रीमतीको चाहना आफूले पूरा गर्न असमर्थ भएपछि उनले समाधानका रूपमा यो उपाय निकालेका थिए।

जोडी बनेर सेक्स टोयज सपमा छिर्दा लागेको थिएन, उनीहरू श्रीमान्-श्रीमती नै हुन्। युवतीभन्दा धेरै परिपक्व देखिने श्रीमान्ले आफू र श्रीमती दुवैका लागि सेक्स टोय खरिद गरे। उनी ३० ननाघेकी श्रीमतीलाई सन्तुष्टी दिलाउने चाहना दर्साइरहेका थिए। 'म असक्षम भएर होइन,' उनले प्रस्ट पारे- 'यौन क्रियाकलापलाई अझ बल पुर्‍याउन बनेका यी सामग्रीको प्रयोग गर्न किन पछि पर्ने भन्ने मात्र हो।'

यी तीन प्रतिनिधि उदाहरण मात्र हुन्। नेपाली समाज यौनको मामिलामा कति खुला भएको छ भन्ने कुरा बुझ्न यी घटना पर्याप्त छन्। एक अस्पतालमा काम गर्ने अविवाहित नर्सको कुरा सुन्ने हो भने अझ अचम्ममा परिन्छ। उनी आफूलाई सेक्स टोयजकी पारखी बताउँछिन्। 'पुरुषसँगको सेक्सुअल कन्ट्याक्टभन्दा सेक्स टोयको प्रयोगमा बढी रमाउँछु' उनले भनिन्- 'बजारमा भनेजस्तो खोजेजस्तो कृत्रिम यौनाङ्ग पाएपछि यौन रोग तथा अन्य भवितव्यबाट पनि मुक्त भएकी छु।' ती नर्सका अनुसार उनी कुनै समय ब्वाइप|mेन्डसँगको रिलेसनसिपमा थिइन् तर ब्वाइप|mेन्डको किचकिचे स्वभावका कारण आफूले चाहेको समयमा सम्बन्ध राख्न सम्भव थिएन। 'एकातर्फ ड्युटी, अर्कातर्फ परिवार, त्यसमाथि ब्वाइप|mेन्डको प्रेसर' उनले भनिन्- 'बेस्ट सलुसन सेक्स टोयजमै भेटें, अहिले त यसमै अभ्यस्त भैसके।' नर्सिङ पेसा अपनाएका कारण पनि शारीरिक चाहनाको यो कुरा गर्न कुनै समस्या नभएको उनको भनाइ थियो।

उदार बन्दै गएको समाजमा सेक्स टोयले स्थान जमाउँदै गएको छ भन्ने उदाहरण हेर्न देशभर सञ्चालित सेक्स टोयजका पसलतर्फ नजर डुलाए पुग्छ। आधा दशकअघि द कन्डम हाउस खिचापोखरीबाट सुरु भएको सेक्स टोयको व्यवसाय अहिले फूल रेन्जमा सञ्चालनमा आएको न्युरोडस्थित नाइस एन्ड नट्टीसम्म पुगेको छ। यो व्यवसाय उपत्यकाका अतिरिक्त बिर्तामोड, दमक, उर्लाबारी, पथरी, इटहरी, नारायणघाट, पोखरा, धरान, बुटवल आदि स्थानसम्म फैलिएको छ। सेक्स टोयको व्यापारबाट व्यवसायीहरू सन्तुष्ट भएकैले हुनसक्छ, उनीहरू एक ठाउँमा मात्र सिमित नभएर शाखा विस्तारमा पनि उत्तिकै व्यस्त छन्। एक व्यवसायिक कम्पनीले नै तीन-चार स्थानमा शाखा विस्तार गर्नुले पनि यसको बजार उत्साहबर्द्धक भएको प्रस्ट हुन्छ।

नेपाली बजारमा ५ सय रुपैयाँदेखि ५० हजार हाराहारीसम्मका कृत्रिम यौनाङ्ग उपलब्ध छन्। प्रारम्भिक समयमा सामान्य स्वरूपका कृत्रिम यौनाङ्गबाट सुरु भएको यो व्यवसायमा अहिले वाइल्ड सेक्सका लागि चाहिने अन्य सामग्रीसहितका यौनाङ्ग पनि पाइन थालेका छन्। 'हामीले अहिले फूल रेन्जमा सेक्स टोयज उपलब्ध गराएका छौं, उपभोक्ताले खोजेअनुसारका अन्तर्राष्ट्रिय स्तरका टोयज यही पाइन्छन्, यसका लागि उनीहरूले हाम्रो वेबसाइट सफिर्ङ गरे मात्रै पुग्छ' नाइस एन्ड नटि्टका प्रबन्ध निर्देशक प्रविन ढकालले भने- 'उपभोक्ताले विविधता खोजेको थाहा पाएर नै हामीले आफूलाई पूर्ण स्वरूपमा विकास गरेका हौं।' उनका अनुसार पुरुष मात्र होइन महिला ग्राहक पनि पसल खोज्दै आउने गरेका छन्। सेक्स टोय किशोर-किशोरीदेखि वयष्कहरूसम्मको रुचिको विषय बनिसकेको उनको दाबी थियो।

दक्षिण एसियामै यो व्यवसायमा नेपाल अग्रस्थानमा रहेका व्यवसायीहरू बताउँछन्। अधिकांश नेपालीहरू विदेशमा भएकाले पनि नेपालमा सेक्स टोयको व्यवसाय बढेको उनीहरू सुनाउँछन्। कृत्रिम सेक्सको अवधारणा अर्थात् नक्कली जीवनसाथी खोज्ने क्रियाकलापमा उपभोक्तामा कुनै प्रकारको हिचकिचाहट पाइँदैन। ढकालका अनुसार उपभोक्ताको चाहना देख्दा विक्रेता आश्चर्यमा परेका घटना थुप्रै छन्।

बजारमा थरी-थरीका कृत्रिम यौनांग पाइनु पनि उपभोक्ताको रुचिलाई थप बढाउने आधार बनेको द कन्डम हाउस तथा सेक्सोलोजी क्लिनिक सेन्टरका प्रमुख कार्यकारी युवराज न्यौपाने बताउँछन्। हालै मात्र दमकमा शाखा विस्तार गरेका न्यौपानेका अनुसार प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर आनन्द लिन सक्छन्। 'सेक्स मनोविज्ञानमा आधारित छ,' द कन्डम हाउसका प्रमुख न्यौपाने भन्छन्- 'मानिसको स्वभावअनुसार सेक्सले महत्व राख्छ, कसैलाई सेक्सुअल क्रियाकलाप बढी नै चासोको विषय हुन्छ, त्यस्तो अवस्थामा सेक्स टोयज सहज समाधान भएको छ।'

विश्वबजारमा पाइने आधुनिक कृत्रिम यौनसामग्री नेपाल भित्र्याउने योजनामा आफूहरू सफल भएको न्यौपानेले बताए। 'वास्तवमा यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययनपछि हामीले हात हालेका हौं,' न्यौपानेले भने- 'कृत्रिम यौनांगसँग सम्बन्ध राख्न चाहने नेपालीले सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजार जानु नपरोस् भन्ने उद्देश्यअनुरूप यो व्यवसाय सुरु गरिएको थियो, अहिले अरू व्यवसायीले पनि यो क्षेत्रमा हात हालेपछि हामीले आफूलाई सफल भएको मानेका छौं।

व्यवसायीहरूले कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो शरिर खेलौना पनि उपलब्ध गराएका छन्। जसमा विभिन्न मोडल बजारमा छन् । नाइस एन्ड नट्टीका प्रबन्ध निर्देशक ढकालका अनुसार उनी युरोपमा रहँदा सेक्स टोयजका पारखी थिए। उनले युरोपको खुला समाजमा जुनसुकै समय पनि ब्वाइप|mेन्ड-गर्लप|mेन्ड लिएर हिँड्नेहरूले नै सेक्सलाई थप ताजगी प्रदान गर्न टोयजको उपभोग गर्ने कुरा सुनाए। 'विवाहित दम्पतीका लागि पनि सेक्स टोयज उत्तिकै प्रभावकारी छ,' उनले भने- 'गर्लप|mेन्डले ब्वाइप|mेन्डलाई र ब्वाइप|mेन्डले गर्लप|mेन्डलाई पनि सेक्स टोय उपहार दिन थालेका छन्।'

विकसित अन्तर्राष्ट्रिय मुलुकमा कृत्रिम यौन सामग्रीको प्रयोग सामान्य भए पनि नेपाली परिप्रेक्ष्यमा यो अझै पनि नौलो नै हो। यौनका विषयमा अझै पनि गोप्य रहन रुचाउने नेपाली समाजले यस विषयमा कुरा गर्नुलाई पनि विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौलताका बाबजुद व्यवसायले भने गति लिइरहेको छ।

नाइस एन्ड नट्टीका कार्यकारी निर्देशक सुरज भट्टराई भन्छन् - 'प्राकृतिक यौन सम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस वा असुरक्षित यौन सम्बन्धका कारण जीवन जोखिममा पुर्‍याइरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन्।' भट्टराई भन्छन्- 'जीवनसाथी विदेशमा भएकाहरूलाई त 'सेक्सुअल रिलेसन मेन्टेन' गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्ता खेलौना अझ प्रभावकारी हुन्छ।'

विदेश बसेर आएका नेपालीहरू यस्ता सामग्रीमा अभ्यस्त भैसकेको व्यवसायीहरू बताउँछन्। खासगरी जसरी गाँस, बास र कपास आधारभूत आवश्यकताभित्र पर्छन्, त्यसरी नै सेक्सलाई पनि आधारभूत आवश्यकता नै स्वीकार गर्न तयार हुनेहरू कृत्रिम यौनाङ्गले दिने रोमाञ्चकतामा रमाउँछन्। आर्थिक रूपमा सहज जीवनशैली अपनाइरहेकाहरूले सेक्स लाइफ मजबुत राख्न थप चासो दिने गरेको व्यवसायीहरूको भनाइ छ। केही वर्ष अघिसम्म उच्च सम्भ्रान्त परिवारका नेपालीहरूले मात्र यस्ता सामग्री प्रयोगलाई सामान्य मान्ने गरेकोमा अहिले आएर पढेलेखेकाहरूले पनि यसलाई सामान्य मान्न थालेका छन्।

यौन साथी नभएका युवायुवतीलाई यौन आनन्द हासिल गर्न पनि यस प्रकारका खेलौना महत्वपूर्ण सावित हुने यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की बताउँछन्। डा. कार्की भन्छन्- 'तर प्रयोगमा ध्यान पुर्‍याउनु आवश्यक छ।'

'हामी हचुवाको भरमा उपभोक्तालाई जथाभावी सामान बिक्री गर्दैनौं,' व्यवसायीहरूका अनुसार उपभोक्ताको समस्या बुझेर परामर्शअनुसार मात्र कृत्रिम यौनांग तथा यौनांगको आकार बढाउने सामग्री बिक्री वितरण गरिन्छ। यौन साथी नभएकाहरू, विदेशमा रहेका श्रीमान्-श्रीमतीका नेपालमा बस्ने जीवनसाथीहरू, असुरक्षित यौनसम्बन्ध राख्न नचाहनेहरू, विवाहेत्तर यौनसम्बन्ध राख्न नचाहनेहरूलाई यस्ता सामग्रीको लक्षित उपभोक्ताका रूपमा लिइएको छ। त्यस्तै यौनलाई अनावश्यक महत्व दिएर जंगली प्रवृत्तिले बलात्कार गर्न खोज्नेहरूलाई पनि सेक्स टोयको प्रयोगले नियन्त्रणमा ल्याउँछ।

महिलाको सानो तथा ठूलो नांगो शरीर खेलौनामा उपभोक्ताले धीत मर्ने गरी यौनसम्बन्ध राख्न सक्ने ढकाल बताउँछन्। न्याकेड डलमा ब्याट्री राखिएकाले यसले विभिन्न स्वरूपमा शरिर रोटेसन गर्नुका साथै उत्तेजनामा रहेका महिलाको जस्तै आवाज पनि निकाल्छ। हामीसँग भएकामध्ये हाफ बडी सेप बढि रुचाइएको छ, नाइस एन्ड नट्टीका ढकाल भन्छन्- साना फुल बडी पनि उत्तिकै लोकपि्रय छन्। व्यवसायीहरूले यौनसम्बन्धको समयमा टङ किसका लागि फ्लेस लाइट अर्थात् मुखकै आकारको अंग पनि उपलब्ध भएको बताएका छन्, जसमा उपभोक्ताले महिलाको मुखमा चुम्बन गरेकै अनुभूति पाउने व्यवसायीहरूको दाबी छ।

नेपाली बजारमा जापान, हङकङ, सिंगापुरका कम्पनीले उत्पादन गरेका कृत्रिम पुरुष तथा महिला अंग उपलब्ध छन्। एक अध्ययनअनुसार दक्षिण एसियाका अधिकांश पुरुष कामकाजी हुने भएकाले उनीहरू घर र्फकंदा थकित हुन्छन्, तर उनीहरूका श्रीमती दिनभर घरमै हुने भएकाले श्रीमान्बाट यौनआनन्द खोज्छन्। यस्तो अवस्थामा श्रीमानले उनीहरूको यौनइच्छा पूरा गर्न असमर्थ हुँने घटना थुप्रै पाइने अध्ययनमा उल्लेख छ। श्रीमतीलाई सन्तुष्टि दिन नसक्ने यस्ता पुरुषहरू त्यसको विकल्पको खोजमा सोचमग्न हुने गरेको समेत अध्ययनमा सेक्स टोयको प्रयोगको सुझाव पनि प्रदान गरिएको छ। 'नेपाली समाजमा यो कुरा असामान्य लागे पनि यौन तनावबाट गु्रजनेहरूको संख्या उल्लेख्य छ।' यौन तथा प्रजनन विज्ञ डा. कार्की भन्छन्- 'त्यसैले पनि सेक्स टोयको अपरिहार्यतालाई समाजले क्रमशः बुझ्दै गएछ।'

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID