Sunday 2 June 2013

धेरै दबाबपछि फेसबुकको आँखा खुल्यो

जेष्ठ १६ - फेसबुकले आफ्नो साइटमा राखिएको घृणा फैलाउने र विवादास्पद सामग्री हटाउने आफ्नो संयन्त्र अप्रभावकारी भएको भन्दै नयाँ रणनीति बनाउने घोषणा गरेको छ । बिभिन्न अधिकारवादी, सञ्चारमाध्यम र बिज्ञापनदाताले फेसबुक घृणा फैलाउने र असामाजिक सामग्री राखेर द्धेष फैलाउने क्षेत्र बनेको भन्दै आलोचना गर्न थालेपछि फेसबुकले यस्तो घोषणा गरेको हो  ।
महिला अधिकारीवादी बिभिन्न संघसंस्थाले फेसबुकलाई पत्र लेखेर महिला हिंसालाई बढावा दिने सामग्री र पेजहरु प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए । फेसबुकले लेखेको ब्लगमा भनिएको छ-हामीले अझैं राम्रो गर्नुपर्ने छ र हामी गछौं ।
आफूले गर्न खोजेको जति अहिलेको संयन्त्रले काम नगरेको भन्दै फेसबुकले त्यस्ता सामग्री हटाउन तत्काल नयाँ संयन्त्र बनाउने घोषणा गरेको हो । फेसबुकको ग्लोबल पब्लिक पोलिसीका उप प्रमुख मर्ने लेभिनले ब्लगमा लेखेकी छन्-कुनै बेला यस्ता घृणा फैलाउने र विवादास्पद सामग्री हामीले चाहेजत्ति छिटो डिलिट पनि हुँदैन् ।
'हामीले हाम्रो संयन्त्र विकासमामा जोड दिएका छौं । तर, यस्ता घृणा फैलाउने र आसामाजिक सामग्री हटाउन हामीले प्रयोग गरेको संयन्त्रल त्यस्ता सामग्री पहिचान गर्न असफल बनेको छ ।'
यस्ता सामग्री हटाउने बिषयमा फेसबुकले वकिल र सम्बन्धित संघसंस्थाहरुसँग परामर्श र सहयोग लिने ब्लगमा उल्लेख छ । फेसबुकले राखेको ब्लमा धेरै पाठकहरुले प्रतिक्रिया दिँदै यस्ता सामग्रीको बिषयमा विचार गर्न ढिलाई भइसकेकाले तत्काल काम गर्न आग्रह गरेका छन् ।
साभार : कान्तिपुर

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID