Monday 17 June 2013

अब म पूरै निको भएँ : मनिषा कोइराला

३ असार, काठमाडौं । अमेरिकामा लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री मनिषा कोइराला निको भएर सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उनले आफू पूर्णरुपमा निको भएको बताएकी छन् ।
नेपाली समदायले शनिबार न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा सहभागी अभिनेत्री कोइरालाले आफू पूर्णरुपमा स्वस्थ्य भएको जानकारी दिएको न्यूयोर्कबाट ह्वाइट हिमाल टेलिभिजनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

क्यान्सरको उपचारपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी अभिनेत्री कोइराला सेतो शर्ट, खैरो पाइन्ट र रातो टोपी लगाएर सहभागी थिइन् । टोपीभित्र उनको शीर कपडाले पूरै ढाकिएको देखिन्थ्यो । कार्यक्रममा कोइरालाले दर्शकहरुका शुभेच्चछाका कारण आफू निको भएको भन्दै सबै शुभचिन्तकलाई धन्यवाद दिएको ह्वाइट हिमालले उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID