Sunday 2 June 2013

आफ्नै दिदीको दुर्घटनाको झुटो खबर फैलाएपछि सुमिना आउट

नायिका सुमिना घिमिरेलाई चलचित्र लभ फरेबरको सम्पूर्ण प्रमोशन कार्यबाट बाहिर निकालिएको छ । दमकमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्देशक शकर आचार्यले यस्तो जनाएका हुन् । चलचित्रको प्रमोशनका लागि धरानबाट दमक जान आग्रह गर्दा सुमिनाले आफु ३ बजे काठमाण्डौ जान लागेको बताएकी थिइन् ।

आफ्नै दिदी साधना घिमिरेको दुर्घटना भएको झुटो खबर फैलाउँदै सुमिनाले आफु तत्काल काठमाण्डौ फर्कन लागेको निर्देशक आचार्यलाई बताएकी थिईन । तर साधनासँग दुर्घटनाको बारेमा बुझ्दा उनी सकुशल रहेको थाहा भएपछि सुमिनाको झुटो राज खुलेको हो ।
निर्देशक आचार्यलाई धरान पुगेपछी सम्पुर्ण प्रचार प्रसारको कार्यमा सहयोग गर्ने सुमिनाले बताएकी थिईन तर धरान आए लगत्तै सुमिनाले निर्मान पक्षलाई त परको कुरा आफ्नै निकट र सँगै आएका साथीहरुलाई समेत बेवास्था गरेकी छिन् । सुमिनाको यस्तो क्रियाकलाप देखेर निर्देशक आचार्यले भने उनलाई सिनेमा लिनु नै सबै भन्दा ठुलो गल्ति भएको वताए । चलचित्रको प्रचारका लागि नायक गजित बिष्टले साथ दिईरहेका छन् । निरज बराल, गजित बिष्ट लगायतका कलाकारहरुले अभिनय गरेको यस चलचित्र असार १४ गते बाट देशभर प्रदर्शन हुन लागेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID