Sunday 2 June 2013

सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीको अन्धाधुन्द लाठी प्रहार

काठमाडौं,जेट १९ । सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ । हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो । कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो । प्रहरीको कुटाइबाट आधा दर्जन कमलरी घाइते भएका छन् । पुरुष प्रहरीले कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए । उनीहरुले “महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?” भन्दै प्रश्‍न गरेका थिए । मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन् । राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID