Monday 17 June 2013

१५ तलाबाट हाम्फालेर फिस्स !



न्यूजिल्याण्डमा एक व्यक्ति अग्लो भवनको १५औं तलबाट खसे । अब उनी चिलिम फर्किए भनेर सबै आत्तिए । हातार-हतार उठाए, त्यसको केहीबेरमै उनको होस खुल्यो र फिस्स हाँसे ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बेलायती नागरिक टोम स्टिलवेल आफ्नो छिमेकीको बालकोनीबाट खसेका हुन् । उनी छिमेकीको बालकोनीको ठिक मुनी रहेको आफ्नो बालकुनीमा जाने प्रयास गर्दै थिए । छुट्टी मनाउन न्यूजिल्याण्ड पुगेका टोमको केही हड्डी भाँचिएका छन् ।

प्रहरीले टोमको अपार्टमेन्टभित्रबाट बन्द रहेकाले भन्दै १५ औं तलाको बालकुनीबाट आफ्नो बालकुनीमा हाम फाल्न खोज्दा खसेको हुन सक्ने बताएको छ ।

बताइएअनुसार केही मातेको जस्तो देखिएका टोले माथिल्लो फ्याटमा बस्ने जेराल्डाइनसँग आफ्नो बालकोनीमा जान उनको बालकोनी प्रयोगको अनुमति मागेका थिए । आफूले रोक्नु अगाडी नै टोम गइसकेको उनले बताएकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID