Saturday 4 May 2013

फेरी हुने भो साहरुख खानको काँधको सर्जरी

बलिउड किङ साहरुख खान यतिबेला आफ्नो व्यक्तिगत समस्याले पिडित छन् । उनको काँधमा समस्या बढ्न थालेपछि उनी चिन्तित देखिएका हुन् । ‘रा वन’ सिनेमाको छायांकनको क्रममा काँधमा चोट लागेपछि साहरुख पिडित बनेका हुन् । उनले उक्त समयमा नै काँधको सर्जरी गरेका थिए । तर अहिले फेरी किङ खानको काँधमा समस्या सुरु भएको छ ।

तर ‘चेन्नाई एक्सप्रेस’को छायांकन र आइपिएल खेल जारी रहेकाले पनि साहरुख आफ्नो पिडा सहन वाध्य छन् । यसकारणले पनि उनी काँधको सर्जरी गर्न लण्डन जान सकेका छैनन् ।

तर अब साहरुखले पिडालाई धेरै सहन नसक्ने निधो गरेका छन् । यसैले पनि उनी ‘जुलाई’ महिनामा लण्डन जाने निर्णयमा पुगेको बताइएको छ । काँधको सर्जरी नगरेको खण्डमा साहरुखलाई अझ धेरै समस्या झेल्नु पर्ने देखिन्छ । काँधको सर्जरी पश्चात साहरुखलाई १ महिना बेड रेष्ट गर्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID