Tuesday 7 May 2013

किन महिलाले सेक्सको चाहना धेरै राख्छन्?

http://meroknowledge.blogspot.com/
पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् । किन रैछ हेरौ न त !

१. आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः

साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ । ’

२. यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः
सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स । धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ
३. आफ्नो पुरुषसँग नजिक ल्याउँछः

शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र दिगो हुने कुरा साँचो हो ।
४. नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः
सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ ।
५. व्यायामको राम्रो रुपः
तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरैपटक सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।(एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID