Tuesday 7 May 2013

क्रिकेटको इतिहासमा देशले बनाएको अर्को नयाँ कीर्तिमान

आईसीसी विश्व लिग डिभिजन थ्रीको उपाधि नेपालले जितेको छ । यो जीतसँगै नेपाली क्रिकेटको इतिहासमा देशले अर्को नयाँ कीर्तिमान बनाएको छ । गएराति सम्पन्न फाइनल खेलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । डिभिजन टूमा प्रवेश गरेका दुई शीर्ष टोलीबीच उपाधिको छिनाफानो गर्न भएको फाइनल खेलमा नेपालले शानदार खेल प्रस्तुत गरेको हो । डिभिजन थ्रीको दोस्रो खेलमा युगाण्डासँग हारेको नेपालले यो जीतसँगै उक्त हारको बदला पनि लिएको छ । ह्यामिल्टनमा पहिले ब्याटिङ गरेको युगाण्डाले ८ विकेटको नोक्सानीमा १ सय ५१ रन मात्र बनाउन सक्यो । युगाण्डाका ड्युस–डेडिट मुहुमुजाले २८ रन बनाए । सशक्त बलिङ्ग गरेका नेपालका बषन्त रेग्मी र राहुल विश्वकर्माले २-२ विकेट लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य नेपालले ३९ ओभर २ बलमा ५ विकेट बाँकी छँदै पूरा गर्यो । नेपालको इनिङ्गमा धैर्यपूर्वक इनिङ्ग खेलेका प्रदिप ऐरीले ६० रन बनाए भने शरद भेषवाकरले अविजित ५० रन जोडे । यसअघिको खेलमा इटालीलाई हराएर समूह उपविजेता बन्दै नेपाल डिभिजन टूमा प्रवेश गरेको थियो । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थान ओगट्दै युगाण्डा र नेपालले अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगितामा स्थान सुरक्षित गरीसकेका छन् ।
यता, सरकारले भने क्रिकेटमा ऐतिहासिक जीत दिलाउने खेलाडीलाई जनही तीन लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । राष्ट्रिय खेलकूद परिषदको हिजो बसेको बोर्ड बैठकले टिमका सहभागि प्रत्येक सदस्यलाई उक्त रकमले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID