Tuesday 14 May 2013

बिहेको आधा काम सकेपछि बेहुली अस्वीकार (हर्नुहोस भिडियो)


बेहुलीका परिवारले गुहारे प्रहरी

३० वैशाख, काठमाडौं । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।

बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।

बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको होे’ उनले भने-’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’

विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइज्यत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै चौलागाईको आधा सम्पत्ति माग गरेका छन् ।
भिडियो हेर्न तल क्लीक गर्नु होस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID