Tuesday 14 May 2013

अब आए दिन उड्ने कारमा चढेर आकाशमा फुरूरु (फोटो र भिडियो सहित हर्नुहोस)





अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ ।

गएको वर्ष कम्पनीले यो उड्ने कारको परीक्षण उडान गर्दै १४ सय फिट सम्म उडाएको थियो । यो उड्ने कारको मूल्य भने निकै महंगो हुनेछ । यसको मूल्य ३ लाख अमेरिकी डलर हुने बताइएको छ ।
कार र जहाजको वर्णशंकर जस्तो देखिने टिएफ एक्स नामको उक्त उड्ने कारमा दुइ सिट हुनेछन् भने चारवटा पांग्रा तथा पखेटा रहनेछन् । यो कार ग्यारेजमा थन्काउन सकिने र उडाउनका लागि धावनमार्ग नचाहिने कम्पनीको दाबी छ ।

यो उड्ने कारका विशेषता निम्न छन् :
यो कारको गति जमिनमा ७० माइल प्रतिघण्टा र हावामा ११५ माइल प्रतिघण्टा हुनेछ ।

यो कारमा २३ ग्यालोन क्षमताको इन्धन ट्यांकी हुनेछ । इन्धनको खपत हावामा प्रतिघण्टा ५ ग्यालोन  हुनेछ । जमिनमा भने एक ग्यालोनले ३५ माइल गुड्नेछ ।

यसमा चालक सहित दुइ यात्रु हुनेछन् ।

 उड्ने कारको गतवर्ष गरिएको परीक्षण उडानको  भिडियो हेर्नुहोस् 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID