Sunday 26 May 2013

पैसाको लोभमा निशाले इज्जत र अवसर दुवै गुमाइन

 लोभले लाभ, लाभले विलाप' यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा । तपाईलाई विश्वास नलाग्ना, तर नायीका निशा अधिकारीले आरोहीको रूपमा सगरमाथामा आरोहण गरेकी होइन् । उनले बल मिच्चाई गरेर नायक अर्जुन कार्कीसँगै अनुमति नै नलिइ सगरमाथा चढ्ने फुर्तिसहित बेसक्याम्प तिर लागेकी थिइन् ।

तर उनीहरूले अनुमतिनै नलिई सगरमाथा आरोहण गर्ने लागेको मिडियामा व्यापक समाचार आएपछि सहयोगीका रूपमा सगरमाथा आरोहण गरिन् । नियमित रूटमा सगरमाथा आरोहणका लागि चानचुन ६ हजार अमेरिकी डलर तिर्नु पर्दछ, त्यही रकम तिर्नेु पर्ने लोभमा उनले आरोहणको अनुमति लिएकी थिइनन् । सकेसम्म बल मिच्चाई गरेर चढ्ने उनको योजना थियो तर त्यो पुरा हुन सकेन् । चलचित्रमा काम गरेको पनि राम्रै पैसा लिने निशासँग पैसा नभएको पनि होइन् । उनले त मेघा बैंक सहित आधा दर्जन व्यापारिक घरानासँग ठुलो रकम समेत उठाएकी थिइन् । त्यो रकम पनि उनले कमाएझै गरि बचाइन् । यसरी लोभले निशाको बेइज्जत त भयो नै उनले सगरमाथामा आरोहीको रूपमा आरोहण गर्ने अवसर समेत गुमाइन् । व्यक्तिगत रूपमा पनि निशा छुच्ची नायीका मानिन्छिन् । उनीसँग काम गर्ने अन्य व्यक्तिहरूले पनि निशाको बारेमा राम्रो भन्दैनन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID