Sunday 26 May 2013

फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल जाने निश्चित

 फेसबुकमा राम्री युवतीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउनेहरु होसियार । अनुरोध नकार्दा नकार्दै ३ पटक सम्म रिक्वेस्ट सेन्ड गर्नुहरुलाई जेल चलान गरिदैँ छ । प्रहरीले बढ्दो साईबर क्राईमलाई रोक्न यस्तो सर्कुलर जारी गरेको हो । तर यो खबर हाम्रो देशको भने होईन, भारतको उत्तर प्रदेशमा प्रहरीले यदि युवतीले आएर रिपोर्ट लेखाएमा आरोपी माथि कारवाही हुनेछ । २ पटक सम्म नकारेको रिक्वेस्ट, यदि तेस्रो पटक पनि आएमा केटीले प्रहरीमा उजुरी गर्न पाउने छिन ।
फेसबुकमा ३ पटक सम्म लगातार रिक्वेस्ट पठाएमा आरोपी माथि ईन्फरमेशन टेक्नोलोजी एक्टको धारा ६६ को ए अनुसार कारवाहि हुने जनाईएको छ । यस्तै त्यस्तालाई ५ लाख भारु जरिवाना समेत हुन सक्ने बताईएको छ । सोशल नेटवर्किङ साईट्समा बढ्दै गएको अपराधलाई अंकुश लगाउन उत्तर प्रदेश प्रहरीले यस्तो कदम चालेको हो ।
यसका लागी नयाँ आदेश समेत जारी गरिएको छ । पुरुष फेसबुक प्रयोगकर्ताले राम्री केटीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउँछन र केटीबाट रिक्वेस्ट स्वीकार भएन भने फ्रेन्ड रिक्वेस्ट पठाउने शिलसिला जारी रहन्छ, प्रहरीले भनेको छ, अञ्जानमा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भईहाले पनि केटाहरु सोशल साईटमै छेडछाड गर्न थाल्छन ।
साथी भईसकेपछि केटाहरुले केटीको प्रोफाईल फोटोहरुको समेत दुरुपयोग गर्ने गरेकोले प्रहरीले कारवाहिको अभियान थालेको हो । तर कारवाहिका लागी केटीले आँफुलाई लगातार ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाएको प्रमाण भने पेश गर्नु पर्ने प्रहरीले बताएको छ र त्यो डिजिटल माध्यममा हुनु पर्नेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID