Tuesday 21 May 2013

डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

 आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो ।

समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित फुटबलर डेभिड बेकह्यामलाई झल्यास्स सम्भिmनुभयो होला र कतै उनै बेकह्यामले पो मयुरलाई बलात्कार गरे की भन्ने अनुमान गर्नुहोला । तर यसरी मयुरलाई बलात्कार गर्ने डेभिड बेकह्याम नभएर डेभिड बेकम्यान हुन् । अमेरिकाको इलिनोइस स्थित रोजेलका बासिन्दा बेकम्यानलाई उनको फिल नामको मयुरको मृत्युको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको छ ।

६३ वर्षका बेकम्यानले उनको मयुरमाथि बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । केही दिनअघि राम्रै हालतमा रहेको मयुर एक्कासी मरेको र उक्त मृत मयुरको हालत हेर्दा त्यसमाथि यौन दुव्र्यवहार भएको देखिएको प्रहरीको भनाइ छ ।

बेकम्यानमाथि दुव्र्यवहारका अरु तिनवटा मुद्दा तथा आफ्नो साथमा गाँजा राखेको लागु औषध मुद्दा समेत लागेको छ । आउँदो जुन १२ गते उनलाई अदालतमा उभ्याइँदैछ । सोहि दिन उनीमाथिको मयुर बलात्कारको अभियोगमा पनि सुनुवाई हुनेछ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID