Tuesday 21 May 2013

मुख्य पृष्ठ समाचार बिचार/ब्लग मनोरञ्जन बिजनेस खेलकुद प्रवास बिचित्र संसार साहित्य भिडियो अन्तरवार्ता पत्रपत्रिकाबाट English Space for Advertisment युवकको लिंगमा तेजाबको सुइ


आफ्नै सहोदर भाइको हत्या गरेको आरोपमा एक युवकको लिंगमा तेजाब र पेट्रोलको सुइ लगाइएको छ । यस्तो नृसंस काम कुनै सर्वसाधारणले होइन पुलिसले गरेको हो । हाम्रो देशमा होइन, भारतको उत्तर प्रदेशको एटा जिल्लाको घटना हो यो ।

बर्बरताको सबै हद पार गर्दै प्रहरीले भाइ हत्याका आरोपि बलबिर नामका युवकको लिंगमा पेट्रोल र तेजाब भरिएको इन्जेक्सन लगाइदियो । पुलिसको यो करतूतबाट गम्भीर अवस्थामा पुगेका बलबीरको पछि मृत्यु भएको बताइएको छ ।

घटनाको व्यापक आलोचना भएपछि स्थानीय प्रहरी चौकीका प्रमुख सहित ३ जना प्रहरी निलम्बित भएका छन् । साथै घटनाको छानविन गर्न समेत उत्तर प्रदेश सरकारले आदेश दिएको छ । समाचार अनुसार एटा जिल्लाको सकरौली क्षेत्रस्थित इसौली गाउँमा बस्ने

मानिकचन्द्र सरानीको शव अपि्रल ९ का दिन हजारा नहरमा भेटिएको थियो । घटनाको छानविनका क्रममा प्रहरीले उनका भाई बलबीर लगायतका चार जनाको

हत्यामा संलग्नता रहेको आशंका गर्दै पक्राउ गर्यो । आफ्नो अपराध कबुल गराउँदै प्रहरीले उनीहरुलाई जेलमा पठायो । जेलमा बलबीरको स्वास्थ्य निकै खराब भयो । उनलाई सुरुमा जेल प्रशासनले उपचारका लागि एटा जिल्ला अस्पतालमा लग्यो । त्यहाँ निको नहुने देखेपछि उनलाई अर्को सुविधासम्पन्न अस्पतालमा

रिफर गरियो तर उनको शुक्रबार बिहान निधन भएको बताइएको छ । प्रहरीले हिरासतमा भएका बेला बलबीरलाई हत्याको अभियोग कबूल गराउन उनको लिंगमा तेजाब र पेट्रोलको सुइ दिएर यातना दिएको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID