Thursday 23 May 2013

नेपाली क्रिकेट टोली आज भारत जाने

१० जेठ, काठमाडौं । ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोली आज भारतको देहरादुन जाँदैछ । युवा कप्तान पृथु बाँस्कोटाको कप्तानी तथा विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली आज धनगढी हुँदै भारत जानेछ ।

नेपाल क्रिकेट संघ क्यान ११ को नामले खेल्ने नेपाली टोलीमा डिभिजन थ्री जितेको राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका ८ खेलाडी टोलीमा हुने छैनन् । पारससँगै ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी क्यानडामा क्लब क्रिकेट खेल्न जाने तयारीमा छन् भने शरद भेसवाकर, राहुल विक र सुवास खकुरेल सामान्य चोटका कारण आराममा छन् ।

यस्तै अमृत भट्टराई र सञ्जम रेग्मीलाई भने टोलीमा समावेश नगरिएको क्यानले जनाएको छ । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले १ लाख भारतीय रुपैंया पुरस्कार पाउने छन् । नेपालले पहिलो खेल मे २६ मा एयर इन्डियासंग खेल्नेछ । नेपाल रहेको समुहमा आएनजिसी, एयर इन्डिया र केजिके जयपुर रहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID