Tuesday 21 May 2013

जोलीले क्यान्सरबाट बच्न स्तनको शल्यक्रिया गराएको रहस्य सार्वजनिक

हलिउड नायिका अन्जेलिना जोलीले क्यान्सरबाट बच्न स्तनको शल्यक्रिया गराएको रहस्य सार्वजनिक गरेकी छन् । उनका स्तनमा क्यान्सरको सम्भावना ८७ प्रतिशत सम्म रहेको चिकित्सकले बताएपछि उनले दोहोरो मास्टेकटोमी शल्यक्रिया गरेकी हुन् । जसको कारण स्तन क्यान्सरबाट बच्न दुवै स्तन पुरै वा आंशिक हटाइन्छ । ३७ वर्षिय एन्जेलिनाले न्युयोर्क टाइम्समा प्रकाशित आफ्नो लेखमा स्तनको शल्यक्रिया बारे उल्लेख गरेकी हुन् । स्तनको क्यान्सरबाट बच्न शल्यक्रियाको साहारा लिएकी यि अभिनेतृको पाठेघर क्यान्सरको खतरा ५० प्रतिशत सम्म रहेको चिकित्सकको भनाइ छ । लेखमा जोलीले जोखिम कम गर्नको लागि आफूले स्तन हटाउने निर्णय गरेको उल्लेख गरेकी छन् । आफ्नो अनुभवबाट अरु महिलाले पनि यस्तो निर्णय लिन नहिच्किचाउन भन्ने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेकी छन् ।

फेव्रअरीमा सुरुभएको शल्यक्रियाको प्रक्रिया अप्रिल महिनामा सम्पन्न भएको हो । आफ्नी आमाले पनि ५६ वर्षको उमेरमा क्यान्सरकै कारण मृत्युवरण गर्नुपरेको उल्लेख गर्दै उनले आफ्नो शरिरमा स्तन र अण्डाशयमा क्यान्सर गराउने बीआरसीए १ नामक खराब जीन रहेको लेखेकी छिन् ।
शल्यक्रिया पछि उनमा स्तन क्यान्सरको सम्भावना पाँच प्रतिशतमा घटेको चिकित्सकलाई उदृत गर्दै अभिनेतृ एन्जेलिनाले बताएकी छिन । तर अब स्तनको आकार कस्तो रहन्छ भन्नेबारे उनले केहि उल्लेख गरेकी छैन्न ।
उनले भयानक रोग सँग लड्न शल्यक्रिया बाहेक अरु विकल्प आफु सँग नरहेको लेखमा बताएकी छन् । उनले स्तन क्यान्सरसँग लडिरहेका विश्वका सबै महिलाहरुलाई आफ्नो पनि साथ रहेको लेख मार्फत बताएकी छन् । उनका ६ सन्तान छन् तीमध्ये तीनजना धर्म सन्तान हुन् ।(एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID