Tuesday 14 May 2013

एक वर्षमा ४ हजार पटक लोग्नेस्वास्नीको झगडा (हेर्नु होस् भिडियो)

पछिल्लो एक सर्भेक्षणले बच्चाबच्ची जन्मिएपछि श्रीमान श्रीमतीबीच हुने झगडामा वृद्धि हुने तथ्य सार्वजनिक गरेको छ । सर्भेक्षण अनुसार बच्चा नजन्मिँदै दिनमा ७ पटक झगडा गर्ने लोग्नेस्वास्नी बच्चा पाएपछि एघार पटकसम्म झगडा गर्छन् । यसको अर्थ बच्चा पाएपछि लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार १५ पटक हुन्छ ।

खासगरी बच्चा बिरामी हुने वा विभिन्न कारणले गर्दा रातमा सुत्न नपाउने, बच्चाको हेरचाह तथा अनुशासन, घरायासी काम लगायतका विषयमा बच्चावाल बाउआमाबीच झगडा हुनेगर्छ ।
अर्को रोचक कुरा त के भने बच्चा भएका महिलापुरुषबीच हुने झगडा मध्ये आधा त सन्तानकै विषयलाई लिएर हुने गर्छ । एक चौथाइ झगडा बच्चालाई कति बेला सुताउने भन्ने विषयलाई लिएर हुन्छ भने २१ प्रतिशत झगडा बच्चालाई के खुवाउने भन्ने विषयलाई लिएर हुन्छ ।

हरेक पाँचमा एक जना अभिभावकले खेलौनाको विषयलाई लिएर पनि श्रीमानश्रीमतीबीच झगडा हुने गरेको बताए । त्यस्तै बच्चाको सरसफाइ, ओछ्यान लगाइदिने, धोइदिने जस्ता घरायासी कुरा हरु पनि लोग्नेस्वास्नीबीचका झगडाका मुख्य कारण बन्छन् ।
बेलायतमा ३ हजार अभिभावकमा गरिएको सर्भेक्षण अनुसार बच्चा पाउनु अघि र पछि अर्थात् जहिले पनि एकैनासले झगडा उत्पन्न गर्ने एकमात्र साझा विषय भनेको पैसा हो । अरु विषय बच्चा पाउनु अघि र पछि परिवर्तन भैहाल्छन् ।
बच्चा जन्मेको पहिलो केही महिना श्रीमान श्रीमतीले विवादलाई मनमै लुकाउने गरेको भएपनि त्यसपछि भने झैझगडा दिनचर्याको अभिन्न अंग बन्ने ममपुल नामक सर्भेक्षक संस्थाका शोधकर्ताको भनाई छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID