Tuesday 2 April 2013

ब्वायफ्रेण्डको गुप्तांग...ला जा मैले त चपाइदिए

अनलाइन मार्फत चिनजान भएर पहिलो डेटिङमा गएका बेला एक युवतीले आफ्ना ब्वायफ्रेण्डको लिंग तथा अण्डकोष चपाएर खाने प्रयास गरेकी छिन् । 

अमेरिकाको फ्लोरिडामा ती युवतीले युवकको गुप्तांगमा धावा बोलेकी हुन् ।  त्यहाँको एप्पल बि रेस्टुरेन्टमा मज्जाले रक्सी धोकेपछि लठ्ठिएर होस गुमाएकी प्रिस्सिला भगन नामकी ती युवतीले आफ्नै ब्वायफ्रेण्डको लिंग र अण्डकोष चपाएर खान थालिन् । पहिलो डेटिङमै गर्लफ्रेण्डले आफ्नो गुप्तांगमा हमला गरेपछि इन्तु र चिन्तु बनेका ती युवक चिच्याउन थाले ।

उनी चिच्याएपछि त्यहाँ भएका अरु पाहुनाले पुलिस बोलाएर ती बेहोसी युवतीलाई पक्राउ गरे । ती युवतीमाथि युवकलाई हत्याको प्रयास गरेको आरोप पुलिसले लगाएर मुद्दा चलाउने तयारी गरेको छ ।

युवतीद्धारा गुप्तांगमा आक्रमण झेलेका ती युवकको लिंग र अण्डकोषमा गहिरो चोट लागेको र सर्जरी गरेरै उपचार गर्नुपरेको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID