Monday 1 April 2013

फिरौती लिएर पनि हत्या पछी गाडेको सब फेला

महोत्तरीको सुन्दरपुरका एक युवाको अपहरणकारीले सात लाख रुपैयाँ फिरौती लिएर पनि हत्या गरेका छन् । चैत ४ गते धनुषाको महेन्द्र नगरबाट अपहरणमा परेका सुन्दरपुर १ का २० बर्षिय पंकज यादवको शव महोत्तरीको अंकार गाविस ४ मा रहेको बेला खोलाको किनारबाट प्रहरीले उत्खनन् गरेको छ । महोत्तरीका प्रहरी उपरिक्षक पवन खरेलले पीडित परिवारले अपहरणकारीलाई सात लाख रुपैयाँ फिरौती दिँदा समेत अपहरणकारीले पंकजको हत्या गरेका बताउनुभयो । शवको प्रकृति हेर्दा अपहरण भएकै दिन हत्या भएको हुन सक्ने खरेलले बताउनुभयो । घाँटीमा काटेर हत्या गरेपछि खाल्डो खनेर गाडिएको शव सडि सकेको अवस्थामा प्रहरीले बरामद गरेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । मृतकका बुवा श्याम यादवले शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक खरेलले अपहरणकारीको पहिचान भइसकेको भन्दै सोमवार धनुषा प्रहरीले घटना विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID