Thursday 4 April 2013

बलात्कारबाट बचाउन करेण्ट लाग्ने ब्रा

विश्व भरमा महिलामाथि बलात्कार भएका घटना बारम्बार सार्वजनिक भैरहन्छन् । नेपाल तथा भारतमा त यस्ता घटना झनै धेरै हुने गर्छन् । महिलाहरुमाथि हुने यस्तो यौन हिंसालाई रोक्न राज्य नै चनाखो हुनुपर्ने र सुरक्षा मजबुत बनाउनुपर्ने तर्क कतिपयको छ भने कतिपयले  महिला नै बढि सचेत हुनुपर्ने र तडकभडकपूर्ण तथा अति फेसनयुक्त छोटा कपडा लगाउन नहुने तर्क गर्छन् । तर भारतीय युवाहरुले भने यस्ता तर्क तथा गफ मात्र नगरी अनौठो काम गरेर देखाएका छन्, जसले बास्तविक महिलामाथि हुने यौनजन्य हिंसा रोक्न ठूलो मद्दत गर्छ ।
भारतीय युवा वैज्ञानिकहरुले महिलाहरुमाथि हुने यौन हिंसा रोक्न करेन्ट लाग्ने ब्रा को आविष्कार गरेका छन् । यो ब्रा लाई उनीहरुले सामाजिक दोहनको साधन नाम दिएका छन् । यो ब्रा लगाएकी महिलाको छातिमा यदि कसैले छुने प्रयास गर्यो भने उसलाई करेण्टको झट्का लाग्नेछ । तर यो ब्रा लगाउने महिला आफैलाई भने करेण्ट लाग्नेछैन, किनकी भित्रपट्टी पोलिमरको तह हुनेछ जसले करेण्ट प्रवाह रोक्छ ।
यस्तो ब्रा आविष्कार गर्ने समूहकी एक एसआरएम विश्वविद्यालयकी मनिषा मोहनका अनुसार यो ब्रा बाट ३ हजार ८ सय किलो भोल्ट सम्मको झट्का आउनेछ । जुन झट्काले महिलामाथि बलात्कार गर्न उद्यत पुरुषलाई झण्डै मृत्युको मुखमै पूराउनेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID