Wednesday 3 April 2013

स्वचालित पेस्तोलसहित ६ जना डाका पक्राउ(सन् सानी पूर्ण तरिका ले)


 तीन थान आधुनीक स्वचालित पेस्तोल र ठूलो मात्रामा हातहतियार सहित ६ जनाको डाका समूहलाई प्रहरीले  गएराती सुनसरीको हाँसपोसा स्थित चारकोषे झाडि क्षेत्रबाट पक्राउ गरिएको हो । को २ प २०५५ नम्बरको ट्रकमा तीन थान स्वचालित इटालियन पेस्तोल, ५ थान म्यागजिन, ४२ राउण्ड गोली र २४ इन्चको दुई वटा खुकुरी सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी बक्लौरी ६ का , २० बर्षका विश्व चौधरी, बक्लौरी ८ का २२ बषृका सुरेश चौधरी, १८ बर्षका सुरज चौधरी , २० बर्षका हुसेन राई पकली २ का १८ बर्षका विसम राई र ट्रक चालक इटहरी ७ का २७ बर्षका आशगजन चौधरी रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । उनीहरुलाई आजै दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।
हाँसपोसा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक हरिकुमार प्रसाइ नेतृत्वमा खटिएको नौ जनाको प्रहरी टोलीले कोशी राजमार्ग अन्तर्गत सेउती पुल नजिकको झाडी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID