Thursday 21 March 2013

जती मेकअप गरेपनि सेक्सी देखिन्न

चलचित्र ‘समय’ मार्फत नेपाली सिने नगरीमा प्रवेश गरेकी नवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् । फागुन १८ गतेबाट देशभरका हलमा यो सिनेमा प्रदर्शनमा आउन लागेकाले पनि सुरबी दौडधुपमा व्यस्त छिन् । सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय गरिरहेकी छिन् । उनै नायिका बिष्टसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

 · सिनेमा खेल्ने रहर कहाँबाट जाग्यो ?

मलाई पहिलेदेखि नै सिनेमा खेल्ने इच्छा थियो । बेलायतमा पढाई सकेर नेपाल आएपछि केही म्युजिक भिडियोमा काम गर्छु भन्ने थियो । तर एकाएक ‘समय’मा अफर आएपछि नाई भन्न सकिन र खेलें ।

· कस्तो पाउनु भयो त सिनेमा नगरी ?

यो क्षेत्रमा नआउँदा त मैले छ्या भन्थें । तर जब यो नगरीमा आएँ, साह्रै राम्रो लाग्यो । कम पैसा र सामान्य प्रविधिमा पनि हामी धेरै सशक्त सिनेमा निर्माण गरिरहेका छौं ।

· सिनेमामा लाग्दा परिवारबाट कत्तिको अड्चन आएको थियो ?

मेरो परिवारले म यो क्षेत्रमा आउँछु भन्ने सोचेको थिएन । तर मैले जब सिनेमा खेल्छु भने सबै अचम्ममा परें । कसैले पनि खेल भनेनन् । तर पछि मैले कन्भिन्स गराएर काम गरें ।

· ‘समय’मा कस्तो भूमिका छ ?

म कलेजमा पढ्ने बोल्ड युवतीको भूमिकामा छु । केटा र केटीबीच कुनैपनि भिन्नता नदेख्ने युवतीको भूमिका मैले निर्वाह गरेको छु ।

· ‘समय’मा त थुप्रै उत्तेजक दृश्य दिनुभएको छ, हैन ?

प्रोमोमा देखिएको दृश्य मेरो नभएर अर्को एक नायिकाको हो । तर मैले बिक्कीसँग सामान्य सिन दिएको छु ।

· त्यस्तो दृश्य दिन गाह्रो भएन ?

२० जना मानिसको अघि हात समातेर किस खान त गाह्रो हुन्छ नि । सुरुवातमा बिक्की र अर्की एक नायिकाले खुलेर टङ किस, बेड सिन दिएकाले म डराएको थिएँ । मैले पनि यस्तै दृश्य दिनुपर्ने हो की भन्ने डर मलाई थियो । तर पछि सबैले सम्झाएपयिछ अघि सरें ।

· सिनेमा हेरिसकेपछि कस्तो लाग्यो त ?

म अझै पनि मेरो क्यारेक्टरमा खुल्न सक्थें जस्तो लागेको थियो । क्यामेराको एंगलका बारेमा नवुझेकाले पनि मैले ५० प्रतिशत मात्र दिन सके जस्तो लाग्यो ।

· तपाईंको ‘समय’का नायक बिक्कीसग अफेयर भन्ने सुनिन्छ नि ?

त्यो एउटा हल्ला मात्र हो । किनकी सिनेमासँगै खेलेपछि, प्रमोशनमा हिँडेपछि कुरा त आइहाल्छ ।

· अफेयर चै छ कि छैन त कसैसँग ?

मेरो अहिले कसैसँग पनि अफेयर छैन । र म यो क्षेत्रको मानिससँग सम्वन्ध राख्दिन । किनकी म एकदमै नौटंकी केटी हुँ । यो क्षेत्रको मानिसले मलाई सम्हाल्न सक्दैन ।

· नौटंकी भनेको चाहिँ कस्तो हो त ?

मलाई साधारण मानिसले झेल्ने सक्छ जस्तो लाग्दैन । सिनेमा नगरीको मानिस त नौटंकी देखेर रमाइलो मान्छ । तर झेल्न सक्दैन ।

· अब कस्तो सिनेमा खेल्ने रहर हो त ?

चुलबुले भन्दा पनि सिरियस भूमिका गर्न सक्छु जस्तो लाग्छ मलाई । दिमागी रुपमा बिरामी मानिसको भूमिका गर्न मन छ ।

· आफूले आफूलाई कसरी मूल्याँकन गर्नुहुन्छ ?

म खुलेर शुरुवातमा कसैसग पनि बोल्न सक्दिन । तर जब म कसैसँग बोल्छु अरुलाई बोल्न नै दिन्न । म धेरैजसो रिजर्बमा बस्छु ।

· पहिलो प्रेम याद छ नि ?

फस्ट लभ त मेरो एसएलसी पढ्दा भयो । मेरो कक्षाको फस्ट व्याइले मलाई लभलेटर लेखेको थियो । तर त्यो लभ सामान्य रुपमा नै सकियो । केटाकेटी खेलेजस्तै भयो । एसएलसी सकिने अन्तिम दिनमा प्रपोज गर्यो, रिजल्ट आउँदा सकिएको थियो ।

· त्यसपछि कसैसँग प्रेम गरिएन ?

कलेज पढ्दा एकजना केटासँग प्रेम गरंे । २ बर्ष साथी भएपछि उसले प्रपोज गर्यो । तर पछि म पढ्नका लागि बेलायत पुगें । उसले यहाँ अर्कै युवतीसँग लभ गरेको सुनें । अहिले उ मैले गल्ती गरें भन्दै फोन गर्छ । तर म एकपटक धोका दिने मानिसलाई माफ गर्न सक्दिन ।

· खानेकुरा मिठो के पकाउनुहुन्छ ?

आलु परौठा, मिठो पकाउँछु ।

· कुन नायक साह्रै मन पर्छ ?

कर्मा मन पर्छ । उसको हाउभाउ, उसले एक्सप्रेस गर्ने तरीका मन पर्छ । उसँग एउटा सिनेमामा काम गर्न मन छ । तर मनैदेखि भन्दा मलाई आदित्यनारायण झासँग सिनेमामा रोमान्स गर्ने सपना छ ।

· मनपर्ने कुनै तीनजना नायक ?

सलमान खान, लिओनार्डो, जेम मलिक ।

· नेपालका तीनजना सेक्सी नायक ?

नेपालमा सेक्सी खालका नायक पनि छन् र । तर चपली हाइटका राज घिमिरे सेक्सी लाग्छ ।

· आफू चाहिँ कत्तिको सेक्सी छु जस्तो लाग्छ ?

म जति मेकअप गरेपनि, जति कपडा लगाएपनि सेक्सी देखिन्न । कसैले सेक्सी भनेनन् ।

· आफनो कुन अंग सेक्सी लाग्छ ?

आँखा चाहिँ एकदमै सेक्सी लाग्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID