Thursday 21 March 2013

जिब्रोमै टाँसिने टुथब्रस (फोटोफिचर सहित)

दाँत माझ्दा हातले ब्रस तलमाथि गराउनु पर्ने जमाना गएछन् क्यारे । अब जिब्रोले नै दाँत सफा गर्नेछ । दुइ जना युवा वैज्ञानिकले यस्तो ब्रसको आविष्कार गरेका छन् जुन जिब्रोमै टाँसिन्छ, र जिब्रो तलमाथि गराउँदै दाँत माझ्न सकिन्छ ।

यो ह्याण्ड फ्री टुथब्रसको आविष्कार दुइ जना क्यानेडाली तन्नेरीले गरेका हुन् । २६ वर्षका एडेल एल्सेरी र सइद फयादले विद्यमान हाते ब्रसलाई चुनौति दिँदै जिब्रोमा फिट हुने नयाँ पाते ब्रस निर्माण गरेका हुन् ।

‘टी टू टी’ नाम दिइएको यो ब्रसमा टुथपेष्ट पनि लगाइएको हुन्छ । एकचोटी दाँत माझेपछि यो डिस्पोज गर्नुपर्छ र अर्को पटक दाँत माझ्दा अर्को ब्रस प्रयोग गर्नुपर्छ । यो टुथब्रस विश्वको पहिलो जिब्रे ब्रस भएको दाबी आविष्कारकहरुले गरेका छन् ।



No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID