Thursday 21 March 2013

ढुंगाले च्यापिएर मृत्यु

पाल्पा, चैत्र ९ - बौघापोखराथोक ९ आमडाँडाका एक युवकको बिहीबार ढुंगाले च्यापिएर मृत्यु भएको छ । १६ वर्षीय  विष्णुप्रसाद घिमिरेको खानीगाउँ ७ मा सञ्चालन भएको तातोपानी खानेपानी टंकी बनाउन माटो खन्ने क्रममा खसेको ढुंगाले च्यापेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले बताए । उनका अनुसार जीवलाल र लक्ष्मी घिमिरेको माइला छोरा विष्णुप्रसाद तानसेनको जनता उच्चमाविमा कक्षा ९ मा अध्ययन गर्छन् । उनी आयोजनामै लेवर काम गर्दै आएका थिए । चापपानी, बराङ्दी, खानीगाउँ गाविसका लागि लिफ्टबाट पानी तात्ने योजनाअन्तर्गत निर्माणको काम हुँदै आएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID