Sunday 3 February 2013

महायज्ञबाट दुई करोड दस लाख संकलन

बागलुङमा भएको विश्व शान्ति धान्याञ्चल विराट ज्ञान महायज्ञमा दुई करोड १० रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा कोष, स्वास्थ्य उपचार कोष, दैवी प्रकोप उद्धार कोष र बहुउद्देश्य सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा सो रकम सङ्कलन भएको हो ।

क्षेत्री समाज जिल्ला कार्यसमिति बागलुङले माघ १३ गतेदेखि सञ्चालन गरेको महायज्ञको अन्तिम दिन शनिबारसम्म नगद र भूमिदानसहित दुई करोड १० लाख सङ्कलन भएको क्षेत्री समाज बागलुङले जनाएको छ ।

महायज्ञको आज औपचारिक समापन हुँदैछ । महायज्ञमा बागलुङ नगरपालिका-३ का ओमबहादुर खड्का, कृष्ण खड्का र रोहित खड्काले संयुक्तरुपमा ३० लाख मूल्य बराबरको जग्गादान गरेका थिए ।

महायज्ञका क्रममा सबैभन्दा बढी नगद रकम बानपा-२, का दुर्गा कुँबरले प्रदान गर्नुभएको थियो । उहाँले महायज्ञको अन्तिम दिन शनिबार पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID