Tuesday 15 January 2013

नेपाललाई हतियार दिन भारत सकारात्मक

२ माघ, काठमाडौं । ज्ञानेन्द्रको शाही शासनपछि रोकिएको लिथल (घातक) हतियारसम्बन्धी सहयोग निर्वाधरुपमा सुचारु गर्न भारत सरकार सकारात्मक देखिएको छ ।

प्रधानसेनापति गौरब शम्शेर जबराको भारत भ्रमणका क्रममा सैन्य सहयोग सुचारु गर्नेबारे सकारात्मक वार्ता भएको जंगी अड्डा श्रोतले जनाएको छ । प्रधानसेनापति जबरा र भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहबीच नेपाल सरकारले सहयोग सुचारु गर्न भारतीय पक्षसँग प्रक्रियागत रुपमा औपचारिक आग्रह गर्नेबारे समेत छलफल भएको हो ।

स्रोतका अनुसार यसबारे छिट्टै हुने नेपाल-भारत द्वीपक्षीय परामर्श समूहको दशौं बैठकमा थप छलफल हुनेछ । परराष्ट्र मन्ज्ञालयका सहसचिवको समन्वयमा ६/६ महिनामा गरिँदै आएको यस्तो बैठक आयोजना गर्ने पालो यसपटक भारतको हो ।

शाही कुपछि भारतले नेपाललाई दिँदै आएको सैन्य सहयोग अवरुद्ध भएको थियो । दोस्रो जनआन्दोलनको सफलतापछि ‘ननलिथल’ -गैरघातक) सहयोग सुचारु भए पनि लिथल -घातक हतियार) सम्बन्धी सहयोग अवरुद्ध हुँदै आएको छ । लिथल हतियार अन्तरगत बन्दुक र गोली गठ्ठा लगायत पर्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID