Tuesday 15 January 2013

नेपाल बारको मतगणना जारी, प्रजातान्त्रिक समूह अगाडी

३ माघ, काठमाण्डौं । कानुन ब्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य अहिले जारी छ । मंगलबारदेखि राजधानीमा जारी गणनामा अहिलेसम्म प्रजातान्त्रिक समुह अगाडी रहेको छ ।

आज पनि मतगणना सकिने सम्भावना कम रहेकाले भोलि मात्रै परिणाम आउने देखिएको निर्वाचन अधिकृतहरुले बताएका छन् ।

मंगलबारसम्म करिव २ हजार पाँचसय मत गणना भएको र अझै ४ हजार मतगन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । चुनावमा देशभरका बिभिन्न ३३ मतदान केन्द्रबाट ६ हजार ९ सय ४८ मत खसेको थियो । अहिलेसम्म प्रजातान्त्रिक समूहका शेरबहादुर केसी अगाडी देखिनु भएको छ । प्रजातान्त्रिक समूह, प्रगतिशील समूह र पहिचान तथा संघीयतावादी समूह गरी ३ समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । online khabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID