Tuesday 15 January 2013

स्वास्नीले सरी नभनेपछि ९ महिनादेखि रुखको बास

भारतका एक जना पुरुष ९ महिनादेखि रुखमै बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा गएका हुन् ।

वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन अनौठो उपाय अपनाएका हुन् । श्रीमतीले आफुलाई ढाँटेपनि माफी नमागेको भन्दै उनी रिसाएर घरमा नबसी रुखमा बस्ने गरेका छन् ।

संजय नामका ती पुरुषले आफ्नी तारा नामकी श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।

संजयले अर्कैसँग सल्केको ठहर गर्दै तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।

बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् । उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।

कतिपय गाउँलेले भने संजयले नाटक मात्र गरिरहेको र त्यहाँ मान्छे नभएका बेला फुत्त झरेर यताउता चहार्ने गरेको बताउँछन् । लोग्नेको रुखको बास भएपनि श्रीमती तारा भने गल्ने पक्षमा छैनिन् । आफुले गर्दै नगरेको कामको दोष नबोक्ने उनको हठ छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID