Tuesday 22 January 2013

प्रधानमन्त्रीलाई दैलेख प्रवेशमा रोक लगाउन बन्द आव्हान्,सुरक्षा व्यवस्था कडा

१० माघ, दैलेख । सरकार विरोधी आन्दोलन थालेका प्रतिपक्षि दलहरुले प्रधानमन्त्रीलाई दैलेख प्रवेशमा रोक लगाउन जिल्ला बन्द आव्हान गरेका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् ।

आन्दोलनकारीले ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम पुग्ने चारैतिरका नाका बन्द गराएका छन् । प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

यता एकीकृत नेकपा माओवादीले भने विपक्षि दलको आन्दोलनलाई मध्यनजर गर्दै विभिन्न जिल्लाका कार्यकर्तालाई दैलेख पुर्‍याएको छ । नेताको सुरक्षाका लागि माओवादीले सयौ कार्यकर्तालाई दैलेख लगेको हो । एकीकृत माओवादीको जिल्ला सम्मेलन उद्घाटनका लागि आज प्रधानमन्त्री बाबुराम भट्टराईका साथै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपप्रधानमन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख जाने कार्यक्रम भएपछि विपक्षिदलले उहनीहरुलाई बहिष्कार गर्न जिल्ला बन्द आव्हान गरेका हुन् ।

दुवै पक्षका कार्यकर्ताको उल्लेख्य सहभागीता भएका कारण हुनसक्ने स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रशासनले जनाएको छ । दैलेखको सुरक्षाका लागि सुर्खेतबाट पनि प्रहरीको टोली सदरमुकाम पुगेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID