Tuesday 22 January 2013

भारतलाई दबाव दिन भन्दै बेलायती राजदूतसँग गुहार

९ माघ, काठमाडौं । नेपालका लागि बेलायती राजदूत जोन टक्नटलाई बुधबार नेपालीहरुको एउटा टोलीले भेटेर अनौठो माग राखेको छ । दिउँसो २ बजे बेलायती दूतावास छिरेको सो नेपाली टोलीले सुगौली सन्धीपछि भारतमा परेको नेपाली भूमि फिर्ता दिलाउन टक्नट मार्फत् बेलायती सरकारसँग आग्रह गरेको छ ।

भारतमा परेको टिस्टादेखि काँगडासम्मको भूमि नेपाललाई फर्काउनुपर्ने ज्ञापनपत्र लिएर बेलायती दूतावास छिरेको ९ जनाको टोलीमा ग्रेटर नेपाल अभियानका फणीन्द्र नेपाल, शास्त्रदत्त पन्त, शंकर मगैया, बीएन शर्मा, कामी शेर्पा, गोपाल घिमिरे, जगदीश लामिछाने, बासु दाहाल र निरञ्जन ओझा थिए । ‘राजदूत अत्यन्तै सकारात्मक देखिनुभयो, भोलि नै हाम्रो स्मरणपत्र वेलायती प्रधानमन्त्रीलाई पठाइदिने र एक महिनाभित्र जवाफ आउने बताउनुभएको छ ।’- भेटपछि एकीकृत नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले अनलाइनखबरलाई बताउनुभयो ।

राजदूत टक्नटले यस्तो पुरानो विषयमा नेपाल सरकारले अन्तराष्ट्रिय अदालतमा मुद्दा नलडी भूमि प्राप्त हुन नसक्ने भन्दै बरु नेपालको हाइड्रो पावरका विषयमा चिन्ता गर्न आग्रह गर्नुभएको स्रोत बताउँछ । कतिपय कुराहरु भारतसँगको संवादबाट समाधान हुन सक्लान्, तर मैले यसबारे जवाफ दिन मिल्दैन ।’-राजदूतको भनाई उधृत गर्दै नेपालले बताउनुभयो ।

दूतावास पुगेको नेपाली टोलीले भने सुघौली सन्धी नेपाल र बृटिश सरकारवीच भएको र बेलायत संसारकै ठूलो प्रजातान्त्रिक मुलुक भएकाले भारतलाई यसबारे बेलायतले दबाव दिनुपर्ने आग्रह गर्दा टक्नट हाँस्नुभएको स्रोतले बतायो । -on linekhabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID