Tuesday 15 January 2013

एक महिनामै चार करोड रेमिटयान्स

२ माघ,  वैदेशिक रोजगारबाट मासिक करिब चार करोड रूपैयाँ रेमिटयान्स कालीकोटमा भित्रिन गरेको छ । कालीकोटको मान्ममा सञ्चालित विभिन्न मनी ट्रान्सफरको काम गर्ने निकायले मासिक रुपमा सो रकम भित्रिएको बताएका छन् । जिल्लामा पहिलो पटक स्थापना गरिएको हिमचुली कृषि सहकारी संस्थाको मनी ट्रान्सफरको कारोबार अहिले दिनानुदिन बढ्दै गएको छ ।

रकम भारी मात्रामा भित्रिएपनि कालीकोटमा कुनै पनि ठाउँमा उद्योग तथा आम्दानी हुने खालका व्यवसाय स्थापना भने हुन सकेका छैनन् । मान्मका परेक शाहीले कुखुरापालन गर्नुर्बाहेक अरु कसैले व्यवसाय सञ्चालन गर्न सकेका छैनन् । जिल्लामा भित्रिएको रकम घरजग्गा कारोबारका लागि जिल्लावाट बाहिरिने गरेको छ ।कालीकोट जिल्लामा अहिले सातवटा मनी ट्रान्सफरसम्बन्धी काम गर्ने विभिन्न निकायले सेवा दिइराखेका छन् । एक वर्षअघि विदेशबाट आएको रकम भुक्तानी लिन सुर्खेत जानुपर्ने समस्या जिल्लामा अहिले टरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले केही वर्ष अघिदेखि विप्रेषण -रेमिटयान्स) को कारोबार गर्दै आएको र हालैमात्र हिमचुली कृषि सहकारी संस्थाले अत्याधुनिक प्रणालीबाट सेवा सुरु गरेको रेमिटयान्समा मासिक रुपमा चार करोड रकम भित्रिएको रेमिटयान्स शाखा प्रबन्धक मनिका बोहराले बताउनुभयो ।उहाँका अनुसार कालीकोटको मान्म संस्थाले प्रभु, हिमाल, वेस्टर्न युनियन, आइएमइका साथै बैंक अफ काठमाडौँले रेमिटयान्स कारोबार सञ्चालनमा ल्याएको छ भने अन्य निजी व्यापारीले समेत कारोबार सुरु गरेका छन् । -online khabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID