Saturday 19 January 2013

भाषण गर्दागर्दै बुग्लेरियाका नेतामाथि गोली प्रहार

७ माघ, काठमाडौं । बुल्गेरियाको विपक्षी पार्टी मुभमेन्ट फर राइट्स एण्ड फ्रिडमकका नेता अहमद डोगन असाधारण हत्या प्रयासबाट बालबाल बचेका छन् ।

राजधानी सोफियामा जारी लोकतन्त्र र अधिकारसम्वन्धी एक सम्मेलनका क्रममा गरामागरम भषण गरिरहेका बेला एक युवक मञ्चमा आए र उनको कन्चटमा पेस्तोल ताके । ती सन्काह युवकले पेस्तोल मात्र ताकेनन्, ट्रिगर दवाए तर पड्एिकन । नेता डोगनले ती युवकलाई झम्टिए र निशाना गलत भएकाले भाग्वयसनेता डोगन बच्न सफल भए ।

उनले दोस्रो फायर गर्नु अगावै सुरक्षा गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइमा लडाइसकेका थिए । नेता डोगन बालबाल बच्न सफल भए ।

प्रतिनिधी बनेर प्रवेश गरेका २५ वर्षीय ती युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए । पक्राउ परेका युवकको साथबाट २ बटा चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ ।

उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले राम्रैसित भकुरे । अन्त्यमा पुलिसले उनलाई रगतपच्छे भएको अबस्थामा नियन्त्रणमा लिएर सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID