Saturday 19 January 2013

जन्मेको ८४ बर्षपछि जंगलबाट सहरमा

७ माघ, पाँचथर । आफ्नै नाम थाहा छैन् । पैसा चिनेको छैन । भारी बोक्न जानेको छ तर बिसाउन जानेको छैन् । स्याल, बाँदर, मयुर, बाघ र चराचुरुङीका आवाज दुरुस्तै निकाल्न आउँछ । सानोठूलो जस्तो भएपनि साइनो दुइवटा मात्रै छ महिलालाई दिदि, पुरुषलाई दाजु । फेला पार्ने त कुरै नगरौं, तपाईले यस्ता मान्छेको कल्पना पनि गर्नुभएको छैन् होला । हो, ८४ बर्षसम्म जंगल, पाटी ओडार बसेका यी व्यक्ति यस्तै छन् ।

जंगलमै जन्मेका उनी हुन लालबहादुर लामिछाने । पाँचथर सुभाङ २ एकचेपास्थित जंगलमा रहेको धर्मशाला पाटीमा जन्मेर यत्रो बर्ष विताएका लालबहादुर जीवनमै पहिलोपटक सदरमुकाम फिदिम आइपुगेका छन् । बाल्यकालमै विवाह भएर पति वियोगमा परेपछि पाटीमा बस्दै आएकी एक महिलाले जन्म दिएकी हुन् लालबहादुरलाई ।

पति वियोगपछि मानसिक सन्तुलन गुमाएकी ती महिला जंगलकै पाटीमा बस्थिन । खानेकुरा खोजमेल गरेर छोरो पाल्थिन् । सुभाङ गाविका प्राविधिक सहायक वेदप्रकाश मिश्रका अनुसार ती महिलाले जंगलमै दुई छोरी र एक छोरा जन्माइन् । तर, छोरी भने सानैमा वितेका थिए । लालबहादुर आमासँगै कहिले पाटी त कहिले बस्ती नजिकै खेतबारीमा बनाइएका कटेरामा बस्थे । २०३५ सालमा उनीहरु बस्ने कटेरामा आगलागी भएपछि लालबहादुरकी आमा पनि वितिन् । अनि एक्ला भएका उनी जंगलकै ओडारमा बस्न थाले ।

पाटीमै जन्मिहुर्केको हुनाले लालबहादुरलाई गाउँलेले पाटीकाले भनेर बोलाउने गरेको अन्नपूर्ण पोष्टमा खबर छ । सुभाङ २ काबृद्ध टंकप्रसाद मिश्रका अनुसार लालबहादुरकी आमाको गाउँलेले मिलेर काज किरिया गरिदिएपछि उनी संगत गाउँलेसँग बढेको र ओडारमा बस्ने उनी भदौ र मंसिरमा गाउँ पसेर मकै र धानलगायतका अन्न बटुलेर जीवन चलाउने गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID