Thursday, 6 November 2014

रिसिवी सादन एक युबकलाई बलात्कारको आरोप लगाए पछी गाउलेको धुलाई ले ती यु बकको मृतु हुँदा युवतीलाई 6 बर्ष को जेल सजाय !!


२० वर्षकी यी युवतीले एक युवकले आफुमाथि बलात्कार गरेको भनेर चिच्याएपछि एकाएक ती युवकमाथि सबै गाउँले जाइलागे । त्यसरी जाइ लाग्नेमा ती युवतीका बाउ पनि थिए । सबैले ती युवकको रामधुलाई गरे र कुटाइबाट युवकको ज्यानै गयो ।
तर पछी चेक गर्दा वास्तवमा ती युवतीमाथि बलात्कार भने भएकै थिएन र उनले ती युवकमाथि बिनासित्तिमा त्यस्तो गलत आरोप लगाएकी थिइन् । रिसिइबी साँध्न एक युवकमाथि हुँदै नभएको त्यस्तो गम्भीर आरोप लगाएर ज्यानै गुमाउन बाध्य बनाउने ती युवतीले अन्ततः ६ वर्ष जेलको हावा खानु पर्ने भएको छ ।

अमेरिकाको बाल्टिमोरको घटना हो यो । २० वर्षकी लाटिक्वा मेसले बाल्टिमोरको सडकमा डोनाल्ड रविन्सन हिडिरहेको बेला एक्कासी चिच्याइन्, ‘उसले मलाई बलात्कार गर्यो, ऊ यौन अपराधी हो ।’

आफ्नी छोरी त्यसरी चिच्याएपछि उनका बुवा त्यो युवकमाथि जाइलागे र त्यहाँ भएका अरु मान्छेले पनि रविन्सनलाई भकुरे । सन् २०१३ को सेप्टेम्बर २ मा भएको यो घटनामा कुटाइबाटै रोविन्सनको ज्यान गयो ।

रोविन्सनको मृत्युपछि ती युवतीलाई पक्राउ गरियो र हिरासतमा राखियो । अन्ततः अदालतले ती युवतीलाई दोषी ठहर गर्दै उनलाई हत्याको मतियार रहेको ठहर गरेको छ । छोरी मेस र उनका बुवालाई सुरुमा १०-१० वर्षको जेल सजाय तोकिएकोमा पछि जेल सजाय घटुवा गर्दै छोरीलाई ६ र बुवालाई २ वर्ष जेल सजाय तोकिएको छ ।

वास्तवमा केही महिनाअघि ती युवक युवती बस्ने आवासमा जबरजस्ती छिरेर कुटपिट गरेका थिए । त्यसरी जबरजस्ती गर्ने रविन्सनमाथि कडा कारवाही नभएकोमा मेस असन्तुष्ट थिइन् र त्यसैको रिस पोख्न उनीमाथि बलात्कारको गलत आरोप लगाइन् ।

Tuesday, 4 November 2014

आफु मरेपछी आफ्नो फेसबुक र ट्विटर के हुन्छ ? थाहा पाउनुहोस्

मानिस सामाजिक प्राणी भएकै कारण उसले आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनँ । मानिसहरुको यस्तै स्वभावलाई लक्षित गर्दै संसारका बुद्धिमान मानिसहरुले सामाजिक संजालको स्थापना गर्दै नाम र दाम दुबैमा निकै सफलता हात पारेका छन् । थुप्रै सामाजिक संजालमध्ये फेसबुक र ट्विटर अग्रपंक्तिमा आउँछन् । संसारका जुनसुकै कुनाका मानिसहरुलाई पनि फेसबुकको बारेमा पाठ पढाइराख्नु नपर्ला । फेसबुकप्रति मानिसहरु यति आकर्षित छन् कि मानिसहरु यसको अनुपस्थितीमा आफ्नो जीवन नै अधुरो रहेको भन्न पछि पर्दैनन् । बाँचुञ्जेल मानिसहरुले आफ्नो समय सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि लाई देलान् तर तपाईंको मृत्युपछि तपाईंहरुको प्राणभन्दा प्यारो सामाजिक संजालको अवस्था के हुन्छ भन्ने अनुमान गर्नसक्नु हुन्छ ? आउनुहोस् थाहा पाऔँः

ट्वीटरः
ट्वीटर प्रयोगकर्ताको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट नभई डिएक्टिभेट गर्न सकिनेछ । त्यसैगरी, मृत व्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेको भिडियो र तस्बिर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।

लिङ्क्डइनः
लिङ्क्डइन चलाउने प्रयोगकर्ताहरुको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट गर्न सकिनेछ । मृतकका परिवारका सदस्यले यसबाट कुनै पनि जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट भने गर्न सक्नेछन् । 

फेसबुकः
फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् ।
(एजेन्सी)

Monday, 3 November 2014

‘बीग ब्रदर’को घरमा यूवकले यूवतीको बक्षस्थल खेलाएपछि

भारतको चर्चित रियालिटी शो ‘बीग बोस’ भित्रका अश्लिल हर्कतहरुको चर्चा सेलाएको छैन । अब यस्तै हर्कत ‘बीग ब्रदर‘ नामक शो भित्र पनि हुन थालेको छ । केही दिन अघि मात्र ‘बीग ब्रदर’मा सहभागी एक प्रतियोगिले आफ्नो बक्षस्थल देखाएर सनसनी मच्चाएकी थिइन् ।
बुधबार प्रशारण गरिएको श्रृङखलामा एक पुरुष प्रतियोगीले यूवती प्रतियोगीको टिसर्ट भित्र टाउको छिराएर बक्षस्थल खेलाएपछि यसले सनसनी मच्चाएको छ । मदिराले मात्तिएर सही र गलतको खेल खेल्ने क्रममा लुसिया जीसम्यानको टिसर्ट भित्र टाउको छिराएर ड्यापी स्टिकले उनको बक्षस्थल खेलाएपछि यसले सनसनी र आलोचना दुबै खेपिरहेको छ ।
यो खेल लगतै एक प्रतियोगीले यसको आलोचना गर्दै आफूले यस्तो दृश्य हेर्न नसकेको जनाएका थिए । ‘च्यानल ५’ को यो चर्चित रियालिटी शो भित्र यस्ता अश्लिल हतकण्डाहरु बढ्दै गएका छन् ।

Saturday, 1 November 2014

सर्पले डसेपछि यसरी कुहियो किशोरीको खुट्टा

तस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।
भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।

इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।
यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।
Related Searches-
Snake venom effects images
snake danger images
dangerous snake effects
dangerours venom effect
 

Friday, 31 October 2014

काठमाडौंको यौनबजारलाई निहाल्दा !

 बुधबार साँझको ठीक ७:४५ बजेको छ। खुला मञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटीतिर जाने सब वेसम्मको फुटपाथमा मेला लागेजस्तै मानिसको भीड छ। यो पंक्तिकार त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न बान्कीहरू नियालिरहेछ। भीडमा विभिन्न झुन्ड छन्।

तीमध्ये एक झुन्डमा  एक महिला र तीनजना पुरुष थिए। सेता बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए बिश वर्षकी होलिन्। महिला भन्दै थिइन्, 'पन्ध्र सयबिना मरे जान्‍ने।'   पुरुष भन्दै थिए, '५ मा कुरा मिलाऊ न।'  आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेब्य्राउँदै झुन्डबाट अलग्गिइन्। 
पंक्तिकारको आँखा पुग्यो, अर्को दृश्यमा। दृश्य अलि अनौठो थियो। सुनौलो रङको कुर्ता सलवार लगाएर रेलिङमा ढेसिएर बसेकी एक वृद्धा ग्राहकसँग कुरा मिलाउँदै थिइन्।  वृद्धा आमासमान थिइन् भने ग्राहक युवा छोरासमान। '६० कटेकी पनि ग्राहक खोज्न आइछन्', पंक्तिकारले मनमनै सोच्यो। वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आएकी रहिछन् तर आफ्नो लागि होइन। ती युवा ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, 'भाइले खोजेजस्तै छन्, राम्रीराम्री छन्।' थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।

पहिले साँझ ढिलो भए ५/६ बजेसम्म मात्रै सडकमा देखिन्थे, महिला यौनकर्मीहरू। साँझ ढल्केपछि ग्राहक खोज्ने तेस्रो लिंगीहरूको कब्जामा पथ्र्यो सडक। तर, बुधबार साँझमा गरिएको अवलोकनमा महिला र तेस्रो लिंगीहरू सराबरी थिए, ग्राहकको खोजीमा। यसबाट स्पष्ट हुन्छ, काठमाडौंको सडकमा लाग्ने यौनबजार केही उदार र विस्तारित हुँदै गइरहेको छ।

पंक्तिकार बुधबार बिहान ११:१५ बजे पनि सोही ठाउँमा पुगेको थियो। त्यहाँ भर्खरै यौनकर्मीहरू आउन सुरु गरेको देखियो। तीमध्ये पंक्तिकारले १३ वर्षअघि देखेको यौनकर्मी महिला फेला परिन्। सेतो टीसर्ट लगाएकी आफ्नी साथीसँग थिइन् उनी। गालाको दाहिने भाग जलेर गहिरो खत बसेको ती यौनकर्मी महिलालाई पंक्तिकारले एक चिया पसलमा बोलाएर तीन सय रुपैयाँ दिई यौनकर्मीका बारेमा केही सूचना चुहाएको थियो, १३ वर्षअघि।

पहिलोपल्ट यौनकर्मी देख्दा

पंक्तिकारले काठमाडौंका सडकमा प्रशस्तै यौनकर्मी छन् भन्ने सुनेको मात्रै थियो। सुनेपछि उनीहरूलाई हेर्ने इच्छा तीव्र हुँदै गइरहेको थियो। एक दिन सँगै डेरा बस्ने साथी हस्याङफस्याङ गर्दै कोठामा आइपुग्यो। उसले सुनाएको विवरण यस्तो थियो, 'म आउँदै थिएँ। पानी पर्‍यो।

पानी परेपछि ओत लाग्न एउटा होटलभित्र छिरेँ। भित्र छिरेको, त्यहाँ त यौनकर्मीको बजारजस्तै पो रहेछ। मलाई साह्रै कर गरे। न म आफू उनीहरूसँग जान चाहने, न पैसा छ। तर, काठमाडौंमा दिउँसै यस्तो हुन्छ भन्नेचाहिँ थाहा भयो।'

वीर अस्पताल र ट्रमा सेन्टरको बीच हुँदै जाने एउटा बाटो छ। पहिले लोकल कुखुरा बेच्ने त्यो बाटोको वीर अस्पतालतिरको किनारमा साना गाडी र मोटरसाइकल पार्किङ हुन्छ अहिले। त्यो बाटो हुँदै जादा न्युरोड नपुग्दै २५ पाइला वर एउटा लज थियो।

त्यो लजमा प्रशस्तै महिला हुन्थे। उक्त लजमा दिनदहाडै यौनकर्म हुँदो रहेछ। लजमा यौनकर्म रोकियो। पछि प्राय: गुलाबी रङको टीसर्ट र जिन्स पाइन्ट लगाउने महिला सडकमा मोलमोलाइ गरिरहेको देखा परिन्। पंक्तिकारले पहिलोपल्ट यौनकर्मीको रूपमा देखेको महिला तिनै हुन्। १३ वर्षअघि देखिएकी ती महिला अहिले पनि दैनिक रूपमा सडकमा ग्राहकको खोजीमा भौंतारिइरहेकी भेटिन्छिन्।

तर, प्रत्यक्ष रूपमा पहिलो पटक यौनकर्मी महिलासँग भएको साक्षात्कार अलि रोमाञ्‍चक छ। नक्‍कली एडिडास जुत्ताले खुट्टा साह्रै दुखिरहेको थियो। वीर अस्पतालको आकासे पुलमा जुत्ता फुकालेर दुखेको दाहिने खुट्टाको कुर्कुच्चा सुम्सुम्याउँदै गर्दा पुलतिर उक्लँदै गरेकी एक महिलाले भनिन्, 'हेल्लो !'   पुलुक्क हेर्दा ती महिलाले भनिन्, 'जाने हो?'   बुझिहालियो, ती महिला यौनकर्मी हुन्। सुरुमा त खुट्टाको दु:खाइका कारण अलि झर्किएर जवाफ दिइएछ, 'जान्‍न, नजाने।'   एकछिनपछि समालिएर सोधियो, 'कति हो?'  'पाँच सय', उनले भनिन्।   त्यतिखेरै मुटुको धड्कन बेजोडले बढ्यो। वरिपरि परिचितहरूले देखे कि ! डर लाग्यो। त्यसपछि सुइँकुच्चा ठोकियो।

आँखा अलि टेढो भएकी ती महिला आफ्नी कलिली छोरी लिएर सडकमा आएको देखिन्थ्यो। सम्भवत: उनी आफ्नी छोरीलाई पनि आफूजस्तै बनाउन चाहन्थिन्।

अलि बढी रक्सी सेवन गर्ने ती महिला अचेल सडकमा भेटिन्नन्। उनीजस्तै केही यौनकर्मी देखिन छाडेका छन्। दुईजनाको त अनुहारको घाउ बढ्दै गएको देखिन्थ्यो। उनीहरू कि दिवंगत भए कि त पेसा छाडे।

छोरा डोर्‍याउँदै ग्राहकको खोजी

एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।

उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।

वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।

गर्भवती पनि यौन पेसामा

वीर अस्पतालअगाडिको सडक र आकासे पुलमा यौनकर्मीहरूको पहिचान भएपछि त्यसबारे इन्डेफ्थ रिपोर्टिङ गर्ने मन भयो। आफूसम्बद्ध एक मासिकका सम्पादकलाई यो कुरा राखेपछि उनी खुसीले उफ्रिए। सञ्चारमाध्यममा यौन विषय निकै बिकाउ सामग्री बनिसकेको रहेछ।

सडकमा लाग्ने यौनबजारबारेको रिपोर्टिङको असाइन्मेन्ट पूरा गर्न एक महिनासम्म लगातार सडकमा बसेर सूचना संकलन गर्न लागियो। वीर अस्पतालअगाडि पहाडी मूलका यौनकर्मीहरूले अखडा जमाएका रहेछन् भने सुन्धारा क्षेत्रमा तराई मूलकाले। सुन्धारा क्षेत्रमा ग्राहक खोजी गर्नेहरूमध्ये एकजना ५० कटेकी प्रौढ महिला पनि देखा परिन्। त्यस क्षेत्रमा ग्राहकहरू पनि तराई मूलकै बढी देखियो।

त्यहाँका ग्राहकको खोजी गर्नेमध्ये एकजना गर्भवती थिइन्। सम्भवत: उनी आफ्ना पतिकै अर्थात् पारिवारिक सहमतिबाटै यौनबजारमा आएकी हुन्। त्यो दृश्यले अलि मार्मिक बनायो, पंक्तिकारलाई। पेटमा बच्चा बोकेर पनि यौन पेसामा आउने बाध्यता हुँदो रहेछ। 
रत्‍नपार्कभित्र केन्द्रित

पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्‍नपार्कभित्र केन्द्रित भए।

वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।

विगत एक महिनादेखि रत्‍नपार्क सबैका लागि बन्द गरिएको छ। रत्‍नपार्क पुनर्निर्माण हँदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।

रेस्टुराँभरि यौनकर्मी

राजधानीको यौनबजार नियाल्ने क्रममा पंक्तिकार यस्तो एउटा ठाउँमा पुग्यो, जहाँ यौनकर्मीको बजार लाग्थ्यो। दरबारमार्गको एउटा रेस्टुराँ थियो, जसको नाम थियो, ट्वान्टी फोर आवर। महेन्द्र सालिकको ठीक अगाडि तत्कालीन होटल उडल्यान्डसँग जोडिएको त्यो रेस्टुराँ दिनभरि बन्द हुन्थ्यो र रातभरि चलेर बिहान ५ बजे बन्द गरिन्थ्यो।

त्यहाँ कहिलेकाहीँ त पुरुषभन्दा महिलाको संख्या बढी देखिन्थ्यो। रेस्टुराँ पूरै यौनबजार। त्यहाँबाट मोलमोलाइ गरेपछि बाहिर निस्कन्थे, यौनकर्मी र ग्राहक। तेस्रो लिंगीहरू पनि प्रशस्त आउँथे।

एक दिन त्यहाँ एउटा घटना भयो। एकजना सानीसानी लाग्ने यौनकर्मी रिसाउँदै, कसैलाई सराप्दै र आवश्यक परे कारबाही गर्ने भन्दै आइपुगिन्। भन्दै थिइन्, 'मैले चिनेको एउटा सई छ, उसलाई भनेर पक्राइदिन्छु सालालाई।'   'के भयो?', उनकी साथीले सोधिन्। 'म नांगै थिएँ, मेरो छातीको फोटो पो मोबाइलबाट खिच्न खोज्दो रहेछ', उनले आफ्नी साथीलाई भनिन्, आक्रोशित भावमा।

कान थापेर सुन्दा के पत्ता लाग्यो भने ती महिलाले एक भारतीय ग्राहक फेला पारिछन्। एक हजार भारुमा कुरा मिलेछ। दुवैबीच यौनसम्बन्ध भएछ। त्यसपछि ती ग्राहकले आफ्नो मोबाइलबाट नग्न अवस्थामा ती महिलाको फोटो खिच्न खोजेछ। महिलालाई रिस उठेछ। झोकिएर भन्दै थिइन्, 'ल फोटो त खिच्ने रे, नांगो छाती भएको फोटो खिच्न म किन दिने? सालाले एक पोज खिच्न भ्याइहाल्यो।'

त्यही रेस्टुराँमा ग्राहक खोज्दै आएकी एक महिलालाई देखेँ, कतै देखेको वा चिनेजस्तो। देब्रे पाखुरामा बिच्छीको ट्याटु खोपेकी रहिछन्, त्यहीमात्रै परिवर्तन देखेँ, अरू जम्मै उस्तै। उनलाई सोधेँ, 'तिम्रो घर धरान हो?' उनले भनिन्, 'हो।' 'तिमी ... दाइको घरमा बसेकी थियौ हो?'   फेरि जवाफ आयो, 'हो।'

ती महिला त म बसेको धरानको सैनिक भवन चोकको घरमा केही साता खाना पकाउन बसेकी थिइन्। म त्यो घरमा पेइङ गेस्ट थिएँ। त्यसपछि घरवाला दाइकी भान्जीको जुत्ता चोरेर भागेकी थिइन्। उनलाई त काठमाडौंको यौनबजारमा आफ्नो शरीर बेच्न ग्राहक खोजी गरिरहेको अवस्थामा पो भेटियो।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि त्यो ट्वान्टी फोर आवर रेस्टुराँ बन्द भयो। त्यसपछि त्यो यौनबजार स:यो, दरबारमार्गमा रोकिने ट्याक्सीहरूमा। यौनकर्मी ट्याक्सीभित्र बस्ने, ग्राहकसँग ट्याक्सीभित्रै मोलमोलाई गर्ने, त्यसपछि कुरा मिले रेस्टुराँ र लजतिर जाने। अहिले दरबारमार्ग क्षेत्रमा सपिङ मलहरू चल्तीमा आएपछि ट्याक्सीको ठाउँमा निजी गाडी पार्किङ हुन्छ।

तेस्रो लिंगीले झुक्याएछन्

काठमाडौंको यौनबजारमा सोह्र शृंगारमा आउँछन् ग्राहक खोजी गर्ने तेस्रो लिंगीहरू। पहिले उनीहरूको केन्द्र थियो, ठमेल। अहिले रत्नपार्क केन्द्रित भएका छन्। एक साँझ सहकर्मी मित्र बालकुमार नेपालसँग रमिता हेर्न ठमेल पुगियो।

त्यहाँ एउटा अनौठो दृश्य देखियो। तेस्रो लिंगीहरू भागिरहेका थिए, एकजना व्यक्तिचाहिँ हेल्मेट लिएर उनीहरूलाई खेदिरहेका। अचम्म परियो। ती व्यक्ति तेस्रो लिंगीप्रति आक्रोश पोखिरहेका थिए। भन्दैथिए, 'झुक्याउने?'

कुरा के परेछ भने ती व्यक्ति महिला यौनकर्मी ठानेर तेस्रो लिंगीको पछि लागेछन्। यौनसम्पर्क गर्ने बेलामा फरक लिंग फेला प:यो। त्यसपछि आक्रोशित भएका रहेछन्।
- अन्नपूर्ण पोस्टबाट सावार

दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुग्‍यो,३० घाइते, १२ को अवस्था गम्‍भीर -

चितवन: मकवानपुरको बसामाडीमा दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुगेको छ। दुर्घटनामा परेका आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्‍यान गएको हो। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्‍‍ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा ज्‍यान गएको हो। घाइते यात्रुहरुको चितवन मेडिकल कलेज भरतपुर र मकवानपुरमा  उपचार भइरहेको छ। रात्री बसमा सवार २३ जना घाइते भएका छन्।  घाइतेमध्‍ये १२ जनाको अवस्था गम्‍भीर रहेको बताइएको छ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको रात्री बस र इलामबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको रात्री बस  आपसमा ठोक्‍किएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्‍यु हुनेमा इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम बरबोटे-४ का प्रवीनराज आचार्य,  इनपा २ की सुजता काफ्ले,  इनपा ३ रक्षा श्रेष्ठ, नाम्सालिङका मिलन अधिकारी, इनपा ४ इसा कार्की र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेका छन्। अन्‍यको भने सनाखत भइसकेको छैन। मृत्यु हुने ६ जना पुरुष र ३ महिला रहेका छन्।

घर झगडाले निम्त्याएको बज्रपातः बाबु बेपत्ता भए लगतै छोराद्वारा आत्महत्या -

कात्तिक १४, सोलुुखुम्बु  – काँकु–८, सोलुुखुम्बुका गमबहादुर राई घर झगडा गरेर घर छाडेर बेपत्ता भए लगतै छोरा तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् ।

रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेका हुन्।

विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो ।

छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन । घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ ।

साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन् ।

सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID