भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको
खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले
खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै,
गल्दै तथा कालो हुँदै गएको छ ।
इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो
तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा
स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो ।
परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती
किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर
त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले
उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा
फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु
बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको
ज्यानै गुम्ने डर छ ।
यसरी विषका कारण सरीरभरका मांसपेशी तथा
अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले
मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।
Related Searches-
Snake venom effects images
snake danger images
dangerous snake effects
dangerours venom effect
No comments:
Post a Comment