Tuesday 2 September 2014

केहि दिनमा नै सेलिब्रिटीहरुले कसरी घटाउँछन् आफ्नो तौल ? थाहा पाउनुस्

आजकाल सेलिब्रिटीहरुमा आफूलाई राम्रो देखाउने होडबाजी नै चलेको छ । उनीहरुको शरिरको त्यस्तो कुनै भाग छैन जुन परफेक्ट नदेखियोस् । सेलिब्रिटीहरुसँग यति धेरै पैसा हुन्छ कि उनीहरु आफ्नो लाइपोसेक्सन गरेर सुन्दर देख्न पनि सक्छन् तर सबै सेलिब्रिटीहरु यहि चाहन्छन् भन्ने छैन । सबैलाई प्राकृतिक रुपबाट नै सुन्दर देखिन रहर हुन्छ । अहिलेको कुरा गर्ने हो भने भारतीय नायिका सोनाक्षी सिन्हाको उदाहरण दिँदा राम्रो हुन्छ । आजकाल उनी यति धेरै पातली र फिट देखिन्छिन् कि उनका प्रशंसकहरु नै उनको सुगठित शरिर देखेर दङ्ग छन् ।

यस्तै गरि अर्की बलिउड नायिका ऐश्वर्या राइले पनि आमा बनिसकेपछिको बढिरहेको तौललाई केहि महिनामा नै कम गरेकी छिन् । यदि तपाईंलाई उनीहरुले थोरै समयमा नै धेरै तौल घटाउन कसरी सफल हुन्छन् भन्ने लाग्छ भने उनीहरु हेल्दी डाइट, व्यायाम र आफ्नो लक्ष्यमा हर समय फोकस हुने हुँदा उनीहरु यो काममा सफल हुने गर्दछन् ।
यदि तपाईंको प्लेटमा माथि दिईएका तीन चिजहरु छन् भने तपाईं पनि निकै सजिलै सँग आफ्नो लक्ष्य प्राप्त गर्नसक्नुहुन्छ । यदि तपाईं पनि बलिउडका सुन्दर नायिकाहरुजस्तै फिट रहन चाहनुहुन्छ भने यी तरिकाहरु अपनाउनुहोस्ः
१. लिक्विड डाइटः
तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै धेरै फ्याट बर्न गर्नसक्नुहुन्छ । हरेक दिन कम्तीमा पनि तीन लिटर पानी पिउनुहोस् । यसले तपाईंको पेट पनि सफा हुन्छ र तपाईंलाई छिट्टै भोक पनि लाग्दैन ।
२. बिहानको खाना राम्रो खानुहोस्ः
कहिले पनि बिहानको खाना नछोड्नुहोस् । दिनभरी भोकै नबस्नुहोस् । भोकै बस्नाले तपाईंको पेटमा हावा भरिन थाल्छ र तपाईं बिरामी पर्ने सम्भावना हुन्छ ।
३. सेतो खाद्य पदार्थ नखानुहोस्ः
यस्ता खाद्य पादार्थमा निकै धेरै सुगर हुने भएका कारण यसलाई नखानुहोस् । कुनै पनि सेलिब्रिटी यसलाई खाँदैनन् ।
४. मसलाबाट हुन्छ तौल कमः
आफ्नो खानामा रातो खोर्सानी र मरिचको प्रयोग गर्नुहोस् । यो खानाले भोक पनि लाग्दैन ।
५. जैविक आहार खानुहोस्ः
धेरैजसो सेलिब्रिटी जैविक आहारा नै खाने गर्दछन् किनभने यसले तौल बढाउँदैन ।
६. ताजा हावामा घुम्न निस्कनुः
चर्चित हलिउड नायिका मडोना ताजा हावामा निकै घुम्ने गर्दछिन् । ताजा हावा आफ्नो पेटमा भरेर तपाईं आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर तौल घटाउन सक्नुहुनेछ ।
६. बन्दाको सुपः
बिहान खाली पेटमा बन्दाृको सुप खाने गर्नाले तपाईंको मोटोपना कम हुनसक्छ ।
७. एक घण्टा व्यायाम गर्नुहोस्ः
यदि तपाईं एक घण्टा व्यायाम गर्न पाउनुहुन्न भने कम्तीमा पनि ४५ मिनेटको व्यायाम त गर्नैपर्ने हुन्छ । यसले तपाईंलाई राम्रो महसुस गराउँछ ।
८. नारिवल तेलको सेवनः
हप्तामा दुई दिन आफ्नो खानामा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसले छालालाई पनि नरम बनाउन मद्दत गर्छ भने तपाईंको पेटलाई पनि सानो बनाउँछ किनभने यसमा निकै थोरै क्यालोरी हुन्छ ।
९. रक्सीलाई छुँदै नछुनुहोस्ः
थुप्रै सेलिब्रिटीहरुले रक्सी छोडेर आफ्नो तौल घटाएका छन् । रक्सीमा निकै धेरै कार्बोहाइड्रेट हुन्छ जसले तौल बढाउन मद्दत गर्छ ।
१०. धेरै नाच्नुहोस्ः
नाच्छा शरिरमा राम्रै हलचल हुने गर्दछ । यो एउटा राम्रो व्यायाम हो जसमा निकै धेरै पसिना आउने गर्दछ र यसले तौल घटाउन मद्दत गर्दछ ।

नरेन्द्र मोदी ड्रमर बनेपछि …..

जापानको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिन्न मुडमा देखिन्थे । जापानी समकक्षी सिन्जो अबेसँग दर्जनौं सम्झौता गरेपछि उनले मंगलबार आफ्नो छुट्टै रुप देखाए । उनको यस रुप देखेर त्यहाँ उपस्थित व्यापारीहरु समेत चकित भएका थिए ।

प्रधानमन्त्री मोदीले ड्रमर बनेर सबैलाई चकित बनाएका हुन् । टाटा कन्सलटेन्सी सर्भिस टेक्नोलोजी एण्ड कल्चरल एकाडमीको उद्घाटन कार्यक्रममा मोदीले जापानको प्राचिन टाकियो ड्रम बजाएका थिए ।

एकाडेमीका सिइओले आफ्नो मन्तव्य सक्ने बित्तिकै मोदी ड्रम बजाउन निकै आतुर देखिन्थे । त्यहाँका व्यावसायिक ड्रमरहरुले ड्रम बजाउन सकेपछि उनले ‘पहिले ड्म्र बजाऊँ ?’ भनेर ड्रम बजाउन तम्सिएका थिए । उनलाई अर्का एक जापानी ड्रमरले साथ दिएका थिए ।

उनले ड्रम बजाएको देखेर सबै चकित भएका थिए भने उनले ड्रम बजाइसकेपछि हलमा तालीको गड्गडाहट गुञ्जिएको थियो ।

क्रसर उद्योगको छड्के जाँच

क्रसर उद्योगका नाममा गैरव्यवसायीले अनधिकृत रुपमा ढुङ्गा, गिटी, बालुवा बिक्री गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार क्रसर उद्योगहरूको अनुगमन गरेको छ ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईसहित राजनीतिक दल र अन्य संस्थाका प्रतिनिधि सहभागी रहेको टोलीले घर निर्माणस्थल र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा क्रसर उद्योगको मौज्दात सामग्रीको नाममा भर्खर नदीबाट निकालिएको सामग्री बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले जानकारी दिए ।

बिक्री भएका सामग्रीको मूल्यसमेत बढी राखेको पाइएको छ । क्रसर उद्योग बन्द भए पनि उनीहरूले स्टक मालसामान बिक्री गर्न पाउँछन् तर भदौ मसान्तसम्म भने कुनै सामग्री नदीबाट निकाल्न प्रतिबन्ध लगाइएको छ । प्रहरीले रातको समयमा समेत ढुङ्गा, गिट्टी, बालुवा निकालिएको भन्दै नदी किनारबाट डोजर र ट्रिपर हटाएको थियो ।

यसअघि पर्वतका राजनीतिक दलले पहाडमा क्रसर उद्योगको मापदण्ड परिवर्तन गर्न माग गरेका थिए । सरकारले तोकेको मापदण्डअनुसार पर्वतजस्ता पहाडी जिल्लामा क्रसर उद्योग सञ्चालन गर्न नसकिने भन्दै पर्वतमा बसेको सर्वदलीय बैठकले मापदण्ड परिवर्तन गर्न मन्त्रिपरिषद्लाई आग्रह गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकले नयाँ मापदण्ड तोक्न र उद्योग चल्न दिने वातावरण बनाउन माग गर्दै मूल्य वृद्धि रोक्न प्रशासनसँग अनुगमनका लागि आग्रह पनि गरेको थियो ।

पहाड र तराई तथा चुरे क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्ने एउटै नीति बनाउँदा पर्वतजस्ता जिल्लामा कुनै पनि उद्योग सञ्चालन हुन नसक्ने भएकाले मापदण्ड परिवर्तन गर्न सिफारिस गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतका सचिव ईश्वर गिरीले बताए ।

नदी र सडकदेखि ५०० मिटर, वन र बस्तीदेखि दुई किलोमिटरभित्र क्रसर उद्योग सञ्चालन गर्न नपाउने व्यवस्था छ । पर्वत जिल्लामा कुनै पनि नदी किनार वा क्षेत्रमा यस्तो ठाउँ नै नरहेको भन्दै परिवर्तन गर्न आवश्यक भएको जिविस राजस्व शाखाका प्रमुख चन्द्रबहादुर क्षेत्रीले बताए ।

नयाँ मापदण्डअनुसार नचलेको भन्दै क्रसर उद्योग बन्द भएपछि जिविस पर्वतले मासिक रुपमा रु पाँच लाखभन्दा बढी आन्तरिक आयमा घाटा व्यहोर्दै आएको छ ।

जिविस पर्वतले चालु आर्थिक वर्षमा रु ६१ लाख २१ हजारमा ढुङ्गा, गिट्टी, बालुवाको निकासी तथा बिक्री करका लागि ठेक्का लगाएको थियो ।

धौलागिरि क्रसर उद्योग सङ्घका अध्यक्ष बिप्लव हमालले भन्नुभयो, “तराई, चुरे र यहाँको अवस्था फरक भएकाले पहाडमा छुट्टै मापदण्ड चाहिन्छ ।”

क्रसर उद्योगले उत्पादन र बिक्री बन्द गर्दा धौलागिरि अञ्चलमा सञ्चालित राष्ट्रिय गौरवका योजनादेखि सर्वसाधारणका घर निर्माणका कामसमेत प्रभावित भएका छन् ।

धौलागिरि अञ्चलमा राहुघाट, तल्लो मोदीलगायत आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् भने मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग, कालीगण्डकी कोरिडोरजस्ता राष्ट्रिय लोकमार्ग निर्माणका कामसमेत प्रभावित भएका छन् । सर्वसाधरणले समेत घर बनाउन सकेका छैनन् भने दोब्बर मूल्य तिरेर पनि सामान नपाएको गुनासो गर्दै आएका छन् ।

पर्वतका राजनीतिक दलका प्रमुखहरूले सोमबारै प्रमुख जिल्ला अधिकारीलाई भेट गरी ढुङ्गा, गिट्टी, बालुवाको आपूर्ति सहज बनाउन तथा मूल्यमा कालोबजारी रोक्न माग गरेका छन् ।

Monday 1 September 2014

श्रीमतीको यौन इच्छा पूरा गर्न नसकेपछि श्रीमान पुगे अदालतको शरणमा

भारतको मुम्बई अदालतले आफ्नी श्रीमतीबाट तनावग्रस्त एक पुरुषलाई सम्बन्ध विच्छेदको अनुमति दिएको छ।
सम्बन्धी विच्छेदका लागि अदालत पुगेका पुरुषले श्रीमतीमाथि बढी सेक्स गर्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नी श्रीमती कहिल्यै तृप्त गर्न नसक्ने यौन इच्छा देखाएकाले आफू समस्यामा परेको बताएका छन् । उनले श्रीमतीलाई निकै मुढी र तानाशाह प्रकारको महिला भएको आरोपसमेत लगाएका छन् ।
मुम्बईस्थित एक पारिवारिक आदालतका मुख्य न्यायाधीश लक्ष्मी रावले श्रीमानको कुरा सुनेपछि भनिन्, आरोपित श्रीमतीले अदालतमा उपस्थिति भइनन् र निवेदनकर्ताको चुनौति पनि दिइनन् । त्यसैले अदालतसँग निवेदनकर्ताको कुरा सुन्नुको कुनै विकल्प छैन । त्यसैले निवेदक आफ्नो इच्छाअनुसार सम्बन्ध विच्छेदका लागि हकदार छन् ।

पतिले जनवरी २०१४ मा दायर गरेको रिटमा उनकी श्रीमती मुठी, जिद्दी र मनोमानी गर्ने महिला भएको आरोप लगाइएको थियो । निवेदकले यौन व्यवहारका लागि अत्याधिक र कहिल्यै तृप्त नहुने इच्छा राख्ने गरेको आरोप पनि थियो । अप्रिल २०१२ मा विवाह भएपछि आफू सधैं तनावमा रहनु परेको निवेदकको भनाइ छ । निवेदनमा श्रीमतीले आफूलाई औषधि र मदिरासेवनका लागि समेत बाध्य पारेको दावी गरिएको छ ।
निवेदनमा उनले आफूलाई अप्राकृतिक यौन सम्बन्ध कायम गर्नसमेत विवश बनाएको दावी गरेका छन् । यसप्रकारको यौन सम्बन्धका लागि अस्वीकार गर्दा आफूले गाली खाने गरेको उनको गुनासो छ। जसका कारण श्रीमतीको मागसामु आफू झक्न बाध्य भएको उनले निवेदनमा उल्लेख गरेका छन् ।
उनले अदालतसामु आफू तीन शिफ्टमा काम गर्ने गरेकाले अत्यन्तै थाक्ने गरेको भन्दै त्यसका बावजुद श्रीमतीको वासना पूरा गर्न बाध्य बनेको दावी गरेका छन् ।
उनले अदालतमा श्रीमतीले आफूलाई आफ्नो माग पूरा नगरे अन्य पुरुषसँग जाने धम्की दिने गरेको समेत बताए । निवेदनमा डिसेम्बर २०१२ मा आफ्नो पेटमा दुखाई भएकाले अस्पताल भर्ना भएको र चिकित्सकहरुले केही समयमा लागि शारीरिक सम्बन्धबाट टाढा रहन सुझाव दिएको भन्दै तैपनि श्रीमतीले आफनो यौन इच्छा पूरा गर्न बाध्य गराएकाले आफ्नो स्वास्थ्यमा समस्या आएको उल्लेख गरेका छन् ।
उनले निवेदनमा आफूले श्रीमतीलाई कुनै मनोचिकित्सकको सल्लाह लिन सुझाव दिए पनि उनले इन्कार गरेको उल्लेख गरेका छन् । निवेदनमा उनले अब आफू यो सब अत्याचार सहन नसक्ने भन्दै आफ्नो जीवन खतरामा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्–यौनप्रतिको उनको अत्याधिक भोकका कारण म आफ्नी श्रीमतीसँग एउटै घरमा बस्न सक्दिनँ ।
न्यायाधीशले उनको निवेदन स्वीकार गर्दै उनलाई सम्बन्ध बिच्छेदका लागि अनुमति दिने फैसला गरेको छ। एजेन्सी

‘डाइनिङमै मज्जा’ सेक्सका बिषयमा खुलिन प्रियंका

भाद्र १६- सोमबार, - सेक्स मानवीय जीवनमा अपरिहार्य हुन्छ । मन मिले सेक्सको आनन्द लिने मौका कुनैपनि जोडीले छोड्दैनन् । तर सामाजिक बन्धनका कारण उनीहरुले खुलेर कुरा भने गर्ने पाउदैनन् । त्यसलाई अहिलेको पुस्ताले चुनौति दिएको छ । युवा वा युवती जसलेपनि यौनका बिषयमा खुल्ला बहस गर्न थालेका छन् । यिनै मध्येकी एक हुन् मोडेल तथा नायिका प्रियंका कार्की । नेपाली चलचित्रमा राम्रै सफलता पाएकी कार्कीले आफ्नो सेक्स सुविधाका बारेमा खुलेर छलफल गर्ने गर्दछिन् ।

प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी ले बर्तमान नेपाली समाजको अवस्थालाई पनि झल्काउछ । उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् ।  प्रियंका ले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन(’ नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने रु अझ डाइनिङ टेवलमा सेक्स गर्नुको आनन्दै वेग्लै ।’

कति अबधिमा सेक्स गर्न रुचाउनुहुन्छ भन्ने प्रश्नमा प्रियंका को जवाफ छ (कसैले दिनहुँ गर्लान, कसैले हप्तामा गर्लान तर मेरा लागि सेक्स मुडमा भर पर्छ । प्रायः काममा ब्यस्त भइरहने हुनाले श्रीमानसँग लामो ग्यापमा भेट हुन्छ । त्यतिबेला मेरालागि सेक्स स्पेशल हुन्छ ।’ कुन पोजिसनमा सेक्स उत्त
म लाग्छ भन्ने प्रश्नमा प्रियंका भन्छिन (‘मलाई परम्परागत पोजिसन अर्थात पुरुष माथि र महिला तल हुने पोजिसन नै सहज लाग्छ । आफु माथि हुने पोजिसनमा बढि एक्सरसाइज गर्नुपर्ने भएकाले म यो पोजिसनमा त्यति इन्जोय गर्दिन् ।’ स्वस्थ सम्बन्धका लागि सेक्स अत्यन्तै महत्वपूर्ण रहेको भन्दै प्रियंका भन्छिन( सहि पार्टनरसँग र दुवैले सहज महसुस गर्नुभएको छ भने बिबाहपूर्वको सेक्स सोह्रै आना उचित हुन्छ ।’ आफ्नो पार्टनरसँग रिलेसन राम्रो नहुनेले सही पार्टनरको खोजीमा धेरै पार्टनर बनाउने गरेपनि त्यसको परिणाम राम्रो नहुने बताउने कार्कीले आफुलाई सिंगल पार्टनर नै उत्तम लाग्ने बताइन् ।

सासु-बुहारीको एउटै प्रेमी कुरा पर्दा बाहिर आउने साथ प्रेमीसंग मिलि बुहारीद्वारा सासुको हत्या

१६ भदौ, पर्सा,  हालसालै पर्सा मा घटेको एक घटना ले समाज मा कति बिकृति फैलिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ! छोरा विदेशमा गएका बेला स्वदेशमा सासु र बुहारीको भने  एउटै प्रेमी भएपछि घरमा काल निम्तिएको छ ।
घटना हो, पर्सा जिल्लाको सेढवा गाविसको वडा नं २
की एक ४२ वर्षीया महिला आशादेवी खनाल (पासवान) को । जसको हत्या उनकै बुहारीको मिलेमतोमा भएको पर्सा प्रहरीले निष्कर्ष निकालेको छ ।
भदौ १२ गते बिहान घर नजिकैको नदीमा आशाको शव घाँटी काटिएको अवस्थामा फेला परेपछि पर्सा प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आशाको हत्या उनकै बुहारी रिन्कु खनाल (पासवान) को मिलेमतोमा भएको पुष्टि भएको पर्सा प्रहरीले बताएको छ ।
रिन्कु पक्राउ परेपछि उसले आफ्नै संलग्नतामा आफ्नी सासूको हत्या भएको वयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आशाको हत्यामा अन्य दुईजनाको पनि संलग्नता रहेको छ ।
हत्याको मुख्य कारण भने यौन सम्पर्क रहेको छ । जानकीटोला गाविस–७ पाँडेपुरका लङ्गडा भनिने मदारिफ मियाँ धोबी भनी चिनिने महमद आरिफ मियाँले केही महिनादेखि सासू आशा र बुहारी रिन्कुदेवीसँग नियमित यौन सम्पर्क गर्दै आइरहेकामा पछिल्लो समयमा बुहारीसँग पनि मियाँको सम्बन्ध रहेको थाहा पाएपछि आशा र मियाँका बीचमा सम्बन्ध चिसिँदै गएको हो ।
दुईजनाका बीचमा विवाद बढ्दै गएपछि बुहारी रिन्कुकै सहयोगमा भदौ ११ गते राति सुतिरहेको अवस्थामा मियाँ, रिन्कु र मियाँका साथी हलमुल्लाह मियाँसमेत मिलेर आशाको हत्या गरी नजिकैको खोलामा लगी फालिदिएको पनि बयानका क्रममा रिन्कुले बताएको प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियार प्रयोग गरी आशाको हत्या गरेको र पछि तीनैजना मिलेर उनको शव खोलामा फालिदिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न बुहारी रिन्कु देवीलाई पक्राउ गरेको भए पनि अन्य घटनामा संलग्न रहेकाहरु भने फरार रहेको पनि पर्सा प्रहरीले जनाएको छ । रिन्कुका पति सुरज खनाल भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् भने आशाको हत्या भएको दिनमा उनका पति अर्जुन पनि चितवन गएको बताइएको छ ।
दैनिक नेपाल बाट

Sunday 31 August 2014

सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

काठमाडौं,भदौ १५–सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतले बिहिबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा,उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।ऋचा र आशमानसहित सुरेश तामाङ,शेषमान तामाङ,सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID